अन्तर्वार्ता

के स्वार्थ हुन्छ सामाजिक अभियान्ताको ? के स्वार्थ हुन्छ सामाजिक अभियान्ताको ?
बिशेषगरी समाजको भलो गर्ने उद्धेश्यले सामाजीक अभियान्ता बन्ने गर्छन् । समाजको भलो हुने खालको क्रियाकलाप उनिहरु बिभिन्न अभियान अगाडी बढाउने गर्दछ । यसरी सामाजिक कार्यमा अगाडी बढ्दै सामाजिक अभियान चलाई रहनेहरुलाई हामी सामाजिक अभियान्ता भनेर पनि चिन्ने गर्दछौं । अभियान्ता हुनका लागी पनि उनिहरुले बिभिन्न चरणहरु पार गर्दै आईरहेका हुन्छन् । तर सामाजिक अभियान्ता बन्नको लागी कम संघर्षले पुग्दैन । लामो संघर्ष र प्रयत्न पश्चात उनिहरु समाजमा स्थापित हुने गर्दछ र उनिहरुको  योगदान समाजका लागी महत्व पनि हुने गर्दछ । प्रस्तुत छ, हाम्रा सहकर्मी अनिल भट्टराईले पुर्वी चितवनका सामाजिक अभियान्ता मुरली प्रसाद गजुरेलसंग गर्नु भएको बिशेष कुराकानी ।
१. पछिल्लो समय तपाई कस्तो खालको सामाजिक अभियानमा जोडिनु भएको छ ? 
बिशेष गरी समाजमा बढ्दै गईरहेको हरेक बिसंगती र बित्रिृmतिहरु लाई कमगर्नको लागी अहोरात्र खटीरहेको छु । साथै मानव अधिकार संगको अभियानमा लागी परीरहेको छु । 
२. तपाईलाई यस क्षेत्रमा लाग्न मन किन लाग्यो ? यसमा तपाईको प्ररणाको स्रोत के हो ?
म यस क्षेत्रमा लाग्नको कारण मेरो घरको आर्थिक अवस्था कमजोर भएकोाले खाडी मुलुक जादा बिदेशमा भोगेको समस्या, श्रम शोषण लगाएत अशिक्षित भएका कारण भोगेका कुराहरुले गर्दा यस क्षेत्रमा लागेको हु । अनपड अशिक्षित मानिहरु लाई बिदेशमा धेरै शोषण हुदो रहेछ भनेर अगामी भविश्यमा गरिव, टुहुरा तथा जेहेन्दार वालवालिकाहरु लाई शिक्षाको लागी सहयो गर्ने गरेको छु । उनिहरुले हाम्रो सहयोगले भविश्यम हाम्ले भोगेको जस्तो खालको दुख र शोषण भोग्न पर्ने छैन । 
३. जुन तपाईले बैदेशीक रोजगारीमा जादाको संघर्षले तपाईलाई यहाँ सम्म ल्यायो भन्ने कुरा गर्नु भयो, के के संघर्ष गर्नु प¥यो त्यँहा तपाईले ? 
घरको आर्थिक अवस्था कमजोका कारण मानिसहरु बिदेश जान पनु पर्ने बाध्यता हुन्छ , त्यसैगरी करीव २८ वर्ष अगाडी म पनि साउदीमा गएको थियो । त्यहाँ ५ वर्षको समयमा मैले रातदिन एक गरी काम गर्दा पनि हामीलाई थोरै रमक दिने गर्दथ्यो ।  हामी अनपड श्रमीकहरु लाई अत्तिनै श्रम शोषण गरीन्थ्यो । काम गरेको भन्दा थोरै तलव दिन्थ्यो हामलाई कम्पनीले र यसै लाई मैले बुझेर नेपाल नै फर्कीय अनि पछि यस अभियान नर्फ लागेको छु ।
४. तपाईले बैदेशीक रा्जगार बाट फर्किसक्नु भए पछि कसरी अभियान तर्फ लाग्नु भयो ?
नेपाल फर्कीए पछिको केही वर्ष पछि नै सामाजीक अभियानमा लागेको हुँ । अहिले मेरो परिवारमा सबै राम्रै छन छोराछोरी पनि ठाउँमा छन् । आफ्नो मनमा केही गर्छु भन्ने दृढता भए पछि सबै मिल्दै जाने रहेछ ।
५. सामाजीक कार्य गर्नको लागी त आर्थिक रुपमा सवल हुनु पर्ने हाईन र ? तपाई कसरी समाजसेवा गरिरहनु भएको छ ? 
म आफै पनि गर्छु र अन्य दाताहरु लाई पनि सहयोगको लागी अपिल गर्ने गर्दछु र आफ्नो नेतृत्वमा सहयोग गरीरहेको छु । 
६. समाज सेवा गर्न कत्तिको गाह्रो हुदो रहेछ ? र समाजमा यो अभियान सेवाको शुरुवात कस्तो रहयो तपाईको ?
सामाजीक कार्य गर्न सह्रै गाह्रो हुदो रहेछ । यसमा समाजीक आर्थिक लगाएत हरेक कुरामा भिज्नु पर्ने मानिसहरु लाई सहयोगको लागी रीजाउनु पर्ने सवैको विश्वास जित्नु पर्ने छन् । मैले एक करोडको लक्षको साथ अभियान शुरु गर्छु भनेको थियो सो बेलामा मानिसहरुले ५ लाख पनि उठ्दैन भन्ने गर्दथे भने अहिले यस अभियानमा ६५ लाख भन्दा बढि रकम संकलन भएको र यसमा ९० भन्दा बढि बिद्यार्थीहरुले सेवा पाईरहेका छन् । भने आज मलाई नपत्याउे मानिहरुको लागी उदाहरणको काम गरेको छु । मेरो अभियानलाई मिथ्याहो भन्ने हरु नै आज यस अभियानमा लागी पर्नु भएको छ । र यसको लागी मलाई देश र बिदेश बाट सहयोग पनि आईरहेको छ ।
७. शैक्षिक क्षेत्रमा नै सेवा गर्नुको मुख्य उद्धेश्य के हो ?
सबै भन्दा पहिला शिक्षा भएन भने यो देश अगाडी बढ्न सक्दैन स्वस्थ्य र शिक्षा नभए मानिसले केही गर्न गाह्रो हुने भएकोले  शिक्षा सबै भन्दा ठुलो भएकोले शिक्षा इोत्रमा बढि जोड दिएको छु ।
८. अभियानको शुरुवाती संघर्ष पुर्ण रहेपनि पछिल्लो समय उपलव्धीहरु हासील गर्नु भएसंगै सामाजिक सेवामा प्रतिष्ठित हुदै हुनुहुन्छ , कस्तो महसुस गरिरहनु भएको छ ?
कुनै बेला कसैले चिनिदैन थियो । एउटा सामान्य मान्छेको रुपमा चिनिन्थ्यो भने पछिल्लो समय मानिसहरुले तपाई फलना हुुनुहुन्छ । बधाई छ , तपाईले राम्रो अभियान थाल्नु भएको छ र हामी पनि सहयोग गर्न तयार छौं भन्ने गर्दछन् । 
९. सामाजीक अभियानमा लाग्ने ब्यक्तिहरुको एउटा स्वार्थ पनि हुन्छ, यसमा तपाईको के छ ? 
ममा कुनै स्वार्थ छैन म विशुद्ध सेवाको हिसावले अगाडी बढिरहेको छु । मलाई कुनै पदको स्वार्थ छैन नत कुनै राजनीतीक हिसावले मलाई स्वार्थ छ त खाली समाजमा रहेका मानिसहरु लाई खुसी बनाउन पाम ।
१०. यस्ता अभियानमा आर्थिक अनियमीतताको कुरा पनि आउछ यसमा कसरी आगाडी बढ्नु पर्छ जस्तो लाग्छ तपाईलाई ? 
यस्ता खालको अभियानमा आर्थिक पाटो एकदमै महत्वपुर्ण हने भएकोले एसलाई शुरुमानै ब्यवस्थीत गर्नु पर्नेछ भने हरेक हीसाव पार्दशी हुनु पर्दछ । नत्र भने अरुमा विश्वास हुदैन ।
 
१०. अन्त्यमा तपाई के भन्न चाहानु हुन्छ ?
सामाजिक कार्य गर्नु छ भने अरुले भन्दैमा गरीने नभई भित्रै मन बाट आउनु पर्ने हुन्छ । अनि बल्ल उ राम्रो संग टिक्न सक्दछ । समाजसेवा प्रति अरुको लैलैमा लागेर आयो भने धेरै टिक्न नसकिने भएकाले यस क्षेत्रमा आउनु छ भने आफ्नै भित्रि मनले आटेर मात्रै आउनु पर्दछ । यति नै भन्न चाहान्छु । 
 

Post Comment

More अन्तर्वार्ता

Onair Now Onair Now

Mix Bag

Started at: 01:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 02:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award