अन्तर्वार्ता

'' तत्काल नेपालमा जिका भाइरस संक्रमणको संभावना छैन '' – डा. मरासिनी '' तत्काल नेपालमा जिका भाइरस संक्रमणको संभावना छैन '' – डा. मरासिनी
कमला गुरुङ्ग – 
 
जिका भाइरस अमेरिका तथा क्योरेबियन गरी २१ राष्ट्रमा यसरीको महामारी बढ्दै गैरहेको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले पनि एक वष भित्रमा अमेरिकी महादेशका ३० देखि ४० लाख मानिसमा जिका भाइरसको संक्रमण हुन सक्ने चेतावनी दिएको छ ।
 
धेरैजसोलाई संक्रमणको लक्षण नदेखिएपनि शिशुको मस्तिष्कमा यसले असर पर्ने देखिएको छ । यसैलाई मध्यनजर गरी कमला गुरुङ्गले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीसंग कुराकानी गर्नु भएको छ ।
उहाँसंग गरिएको कुरा अबको क्रममा .............
 
डा. मरासिनी जी, यहाँलाई स्वागत छ, कालिका एफ.एममा ।
 
– हजुर धन्यवाद
 
ब्राजिल सहित अमेरिका लगायतका राष्ट्रमा जुन जिका भाइरसको खतरा बढ्दै गएको छ, तत्काल नेपालमा यसको संभावना चाँही कतिको छ ?
 
– यो एडेस आगिप्टी नामक लामखुट्टेको माध्यबाट सर्ने रोग हो । लामखुट्टे पनि जुन डेग्यु भाइरस लगाउने लामखुट्टे छ, यो पनि त्यस्तै त्यस्तै प्रकारको छ ।
 
त्यही लामखुट्टेले सार्ने भएकाले तत्काललाई यसको संभावना उच्च छ भन्ने अवस्था छैन । किनभने अहिले जाडोयाम भएकाले नेपालमा यो लामखुट्टे सक्रिय छैन । तर पछि गर्मी लाग्दै गएपछि र लामखुट्टे सक्रिय बन्दै गएपछि चाँही यसको संभावना हुने गर्छ । 
 
यो जिका भाइरस खासमा कस्तो भाइरस हो , यसबाट संक्रमित भैहालेमा मृत्यु हुने गर्छ या के हुन्छ ?
 
 
– यो डेंग्यु जस्तै हो । डेंग्यु रोग लाग्दा खेरी ज्वरो आउने , टाउको दुख्ने, शरीर दुख्ने, शरीरमा बिबिरा जस्तो आउने अनि शरीर एकदम कमजोर जस्तो हुने यस्तै खालको यसको पनि लक्षणहरु देखिन्छन् । यस लामखुट्टेले टोकेको ५ देखि ७ दिन सम्ममा यसको लक्षणहरु देखा पर्न थाल्छन् । 
 
यो आफै ठिक हुने रोग पनि हो । यसको कुनै खोप पनि छैन, उपचार पनि छैन । सामान्य लाक्षणिक उपचार गरेर यसलाई ठिक पार्न पनि सकिन्छ । तर गर्भवती महिलालाई भयो भने चाँही यसको भाइरसले भ्रूणमा समेत प्रवेश गरी यसले माइक्रो केफाली भन्ने समस्या निम्त्याउँछ ।
 
माइक्रो केफाली भनेको सामान्य भाषामा टाउको सानो हुनु अनि दिमाग पनि कम हुनु अनि त्यस्तो बच्च चाँही सुस्त मनस्थिति हुने भन्ने जनाउँछ । त्यसैले सबैभन्दा अप्ठ्यारो पक्ष भनेको गर्भवती महिलामा यो रोग लागेमा सुस्त मनस्थिति बच्चाहरु जन्मने संभावना बेसी हुन्छ । 
 
यो जिका भाइरसबाट कसरी बच्न र बचाउन सकिन्छ ?
 
– यो त लामखुट्टेको टोकाइबाट बच्ने हो । सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेले टोकेन भने यो रोग लाग्न सक्ने संभावना हुँदै हुँदैन । यो जुन लामखुट्टे छ, यसले घर भित्र होइन घर बाहिर टोक्ने हो । यसले टोक्ने भनेको चाँही घर बाहिरको कम्पाउण्डमा बसिरहेको बेला खासगरी साँझ तिर यसले टोक्ने गर्छ । त्यसैले पनि यसको नियन्त्रणमा चाँही हरेक घर परिवार लाग्नुपर्छ । 
 
यसका साथै सरकारले यो रोग भित्रन नदिन चाँही के कस्तो पूर्व तयारी गर्नु पर्छ ?
 
– हामी गर्ने भनेको सबैभन्दा पहिले दुई वटा कुरा छ । अहिले तत्काललाई जो गर्भवती महिला छ, जुन जिका प्रभावित २१ राष्ट्र दक्षिण अमेरिका तथा क्यारेबियनको त्यहाँ नजान हामी सल्लाह दिन्छौ । नम्बर दुई अब त्यहाँ कोही बसीरहनु भएको , खासगरी गर्भवती हुनु हुन्छ , उहाँहरु फर्केर सुरक्षित ठाउँमा आउनु पर्यो । हामी नेपालमै फर्कन आग्रह पनि गर्छौ ।
 
यस्तै अर्को उपाय भनेको देशव्यापी रुपमा जहाँ जहाँ यो डेंग्युको रोग फैलिरहेको छ, त्यहाँ चाही खोज र नष्ट गर अभियान चलाउनु पर्छ । चलिरहेको अभियानलाई प्रभावकारी बनाउनुपर्छ । यी सब हामीले प्रभावकारी रुपमा गर्न सक्यौ भने यदी नेपालमा यो रोग भित्रि हालेमा यसका रोगीहरु घट्ने सम्भावना हुन्छ । 
 
हुन्छ डा. मरासिनी जी कुराकानी र समयको लागि धन्यवाद छ । 
 
– हुन्छ धेरै धेरै धन्यवाद छ, तपाईलाई पनि । 
  
 

Post Comment

More अन्तर्वार्ता

Onair Now Onair Now

Aajaka Kura

Started at: 20:30 HRS

Up Next

BBC Nepali Sewa

Starts at: 20:45 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award