अन्तर्वार्ता

"बिमा कम्पनिले बिमा रकम तत्काल उपलब्ध नगराउदा बिमामा कृषकको कम आकर्षण"

कालिका जेठ ।

गत जेष्ठ ११ गते हावाहुरी सहित आएको असिना पानीले गर्दा चितवनको केरा व्यवसायमा ठुलो नोक्सानी पु¥याएको छ । केराका कृषकहरु यसबाट निकै पिडित बनेका छन् किनकी यसले करोडौको क्षती पुर¥याएको छ । यो क्षती भैसके पश्चात अहिले बिमाका कुराहरु पनी आईरहेका छन् । खासमा यि बेला बेलामा आउने समस्याबाट किसानहरुलाई धेरै मर्का पर्न नदिनका लागी के कस्ता उपाय अपनाउन सकिन्छ ? चितवनमा केरा उत्पादनका लागी  वर्तमान अवस्था के कस्तो छ । कालिका अनलाईनका लागी सहकर्मी राजु सापकोटाले केरा उत्पादक संघ चितवनका अध्यक्ष बिष्णुहरी पन्तसंग कुराकानी गर्नुभएको छ ।

1.   पन्त जि यहाँलाई स्वागत छ कार्यक्रममा ।

Ø  हजुर, धन्यबाद ।

2.   आराम हुनुहुन्छ ?

Ø  हजुर आरामै ।

3.   के मा व्यस्त हुनुहुन्छ आजभोली ?

Ø  अब यस संघमा लाएपछी आफ्नो पनी केरा खेती छ । र यही केरा खेतीमै व्यस्त छु ।

4.   गत ज्येष्ठ ११ गते जुन हावाहुरी असिना सहितको बर्षा भयो त्यसले गर्दा करोडौँको नोक्सानी भयो भनेर पनी आयो कुराकानी । खासमा के भयो ? कती क्षती भयो ?

Ø  गत ज्येष्ठ ११ गते राती बेलुकाको समयमा आएको हावाहुरीले बिशेष गरी पदमपुर क्षेत्रमा धेरै नै केरा लडेर जुन चाहीँ बजारमा लैजान योग्य जुन चाहीँ काटेर लैजान योग्य तयारी अवस्थाको केराहरु ठुलो मात्रामा क्षती भएको छ । त्यसैगरी आसपासको जुटपानी पिठुवा र रत्ननगरमा पनी यसले क्षती पुर्‍याएको छ । हामीले तथ्याङकको कुरा गर्दा सबै तथ्याङ संकलन भैसकेको छ । अहिले सम्म १ लाख बोट ढलेको अवस्था छ र यसको मुल्य भनेको साढे चार करोड बराबरको क्षतीको अवस्था छ ।

5.   अब, त्यो साढे चार करोड किसान आफैले व्योहोर्नुपर्ने होला है ?

Ø  अब, यसमा के छ भने एउटा भने सरकारले गतबर्षबाट जुन बिमा पोलिसि ल्याएको छ । त्यो बिमा पोलिसि अनुसार केही किसानहरु न्युन किसानहरुले, ३३ जना किसानहरुले बिमा गर्नुभएको छ । त्यसमा अधिकांश क्षती भनेको पदमपुर जहाँ बिमा गर्नेको ठिकै छ । सन्तोषजनक नै छ । त्यसले गर्दा अधिकांश चाहीँ जुन क्षती छ त्यो चाहीँ किसान आफैले व्योहोर्नुपर्ने अवस्था आको छ  तर पनी हामी चाहीँ राहतका लागी चाहीँ छिटै नै पहल गर्दैछौँ ।

6.   जस्तो बिमाको जुन नीती आयो । केराको व्यवसायमा पनी तर अत्यन्त न्युन किसानहरु मात्र बिमा गर्नुभएको रहेछ । यो बुझाउन नसकिएको अथवा किसान बुझ्न नचाहेका के हो यो अवस्था ?

Ø  यो चाहीँ बिमा चाहीँ साँच्चै भन्दा सरकारबाट कृषी मुखी आएपनी एउटा मात्रै एउटा चाहीँ हामीले गर्व गर्न लायकको यो बिमा निती हो । जुनमा चाहीँ हाम्रो लागत मुल्यको ५ प्रतीशत प्रिमियम तिनुपर्छ । ५ प्रतीशतको ७५ प्रतीशत सरकारले तिर्छ त्यसको २५ प्रतीशत मात्रै हामी किसानले तिर्ने हो ।  र हामीले तपाईको जब यो बिमा पोलिसी सुरु भयो । त्यसपछी सुरुमा म आफै बाट सुरु गरेँ । बिमा गर्नलाई र जिल्ला कृषी विकास कार्यालय र चितवन केरा उत्पादक संघ लगायत हामीले विभिन्न कार्यक्रम पनी ग¥यौँ । बिमाका लागी किसानलाई उत्प्रेरीत गर्न । हामी सबै जना चाहीँ बिमा गर्नुपर्छ किनभने यो मौसम ठिक छैन । केरा भनेको जोखिम खेती हो । भन्दाखेरी मलाई लाग्छ ३३ जना पनी हामी ठुलो मात्रामा सफल भएको हो । जस्तो मलाई लागेको छ । किनभने किसानको हकमा कुरा गर्दा पहिलो चोटी फ्रस्ट फेज भयो त्यसले गर्दा ३३ जनालाई बिमा गराउन सफल भईयो ।

7.   केराको कुरा जुन छ, एक लाख भन्दा धेरै रुखहरु ढले । यो हावाहुरी छ, हावाहुरी त बर्षेनी आउछ । यो हावाहुरीलाई रोक्ने क्षमता त पक्कै छैन । अब, यो हावाहुरी आँउछ क्षती पुर्‍याउछ । यसबाट किसानहरु कसरी सुरक्षीत रहने ? यसका लागी बिमामात्रै उपाय हो ? अथवा अन्य उपाय पनी हुन सक्छन् ।

Ø  हैन, यसमा नंबर १ त बिमा नै हो । त्यसको विकल्पमा अरु तपाईको जुन केरा लगाईएको आसपासमा दायाबाँया ठाउहरुमा रुख लगाएर वईन लाई चाहीँ ब्रेक अप पनी गर्न सकिन्छ । हामीले अहिले जुन अग्लो जातका मालवोक जातका केरा लगाईरहेका छौँ । यसैगरी हामीले हरीयो अग्लो जातका केरा लगाउन पनी सकियो भने हामी यि समस्याबाट मुक्त हुन सकिन्छ । बिशेष गरी अब हामीले चाहीँ बिमा नै भन्छु म फोकस गर्नुपर्दा चाहीँ । बिमा गर्नलाई किसानहरुमा एउटा त्रास के छ भने हाम्रो गत २०६९ साल भदौँ २९ गते लगभग ९ करोड बराबरको केराको क्षती भएको थियो । र त्यतीखेर तत्कालै चाहीँ हामीले यो राहतको लागी जिल्ला कृषी विकास कार्यालय हुदैँ कृषी मन्त्रालयमा हामी जादाँखेरी कृषी मन्त्रालयबाट पनी अनुगमन आउनुभयो र उहाँहरुले तपाईहरुको ठुलो क्षती भएको रैछ भनेर लगभग २ करोड ९५ लाखको पैसा स्विकृत गरेर अर्थमार्फत पठाउनुभयो । जुन अहिले सम्म अर्थमै छ र अहिले सम्म पेन्डीङमै छ र उहाँहरुले त्यो पैसा दिन मिल्दैन राज्यले यसरी दिन मिल्दैन भनेर हाम्रो किसानको हातमा एउटा पावर पुगेन भनौँ न । त्यसले गर्दा किसानलाई चाहीँ मनमा एउटा त्रास के थियो भने भोली बिमा गरेर त्यसरी पैसा नआउने हो की ? हामीले प्लान चाहीँ गरेका छौँ अहिलेपनी तर पैसा नपाईसकेको अवस्था छ त्यसले गर्दा यदी बिमामा चाहीँ यदी क्षती भएमा तुरुन्त राहतको व्यवस्था गर्ने हो भने त्यस्तो अवस्थामा चाहीँ आपसेआप यो किसानको संख्या चाहीँ बिमा गर्ने किसानको संख्या चाहीँ अली बढ्ने थियो भन्ने मैले विस्वास लिएको छु ।

8.   जुन बिमा तपाईहरुले गर्नु भको छ नी त्यो बिमा कम्पनीले क्षतीबारे उनीहरुले पनी अनुगमन गर्नुपर्ने होला हैन ? बिमाको रकम आउन के कती समय लाग्ने हो ? के कसरी कुराकानी भैराखेको छ ? अहिले हामीले हेर्ने हो भने ३३ जना र तिन जना अरु पनी धेरै होलान । उनीहरुलाई बिमाको रकम दिलाउनको लागी के कसरी पहल हुदै छ ?

Ø  पोलिसिमा के छ भने केरा लडीसके पछी हामीले चाहीँ त्यहाँ गएर निवेदन सम्बन्धीत ईन्सुरेन्स कम्पनी र जिल्ला कृषी विकास कार्यालयमा जानकारी गराउनुप¥यो निवेदनमार्फत । र हामीले निवेदन दिईसकेपछी उहाँहरु आएर ईन्सुरेन्स कम्पनी र प्राबिधीक, जिल्ला कृषी विकास कार्यालयको प्राबिधीक आएर उहाँहरुले फिल्ड निरीक्षण गर्नुहुन्छ । र हामीले सम्बन्धीत फिल्डको चाहीँ सर्जीकल मुचुल्का उठाएर त्यसपछी प्राबिधीकको चाही फिल्ड प्रतीबेदन उहाँहरुले बुझाईसकेपछी त्यसको चाहीँ तपाईको १ महिनाभित्रमा पैसा पाउने भन्ने चाहीँ हाम्रो पोलिसिमा थियो बढीमा ३ महिनामा भनेर । मेरो आफ्नै फागुन १४ मा चाहीँ केरा ढल्यो  । मैले त्यतीखेर ईन्सुरेन्स कम्पनिलाई व्यक्तीगत रुपमा अध्यक्षका नाताले मैले रिक्वेस्ट गरे । यो काम तपाईले चाँडो गरीदिनुभयो भने अरु किसानहरुलाई चाँही पैसा पाईदोरैछ भनेर चाहीँ हामी मिडियाबाट जान्छौ यसरी नै र उहाँहरुले छिटै नै उत्प्रेरीत गर्ने खालको कार्यक्रम बन्छ छिटो गर्नुस भन्दा खेरी त्यो विभिन्न टेक्नीकल समस्या भन्दीनुभयो उहाँहरुले ढिलो त्यो भुकम्पले गर्दा ढिलो भयो तर बिचको २ महिना उहाँहरुले अली ग्याप गरीदिनुभयो । यदी चाँडै नै समयमै त्यो राहत भएको भए मलाई लाग्छ आज बिमा गर्नेको संख्या धेरै हुन्थ्यो ।

9.   भनेपछि बिमा कम्पनिले समयमै दावि गरिएको रकम दिन नसक्दा खेरीको परिणाम कम किसानहरुले बिमा गरे हैन

Ø  मलाई लाग्छ मैले अब किसानको त अब सबैको त सकिदैनथ्यो होला तर यो संख्या हामीले राम्रो बनाउन सकिन्थ्यो । यदी समयमै दावि रकम आएको भए यो संख्या ३३ बाट ५०/१०० बनाउन सकिन्थ्यो जस्तो मलाई लाग्छ

10. अनी उत्पादकहरुले मात्रै बिमा गरेका छन् अथवा बेच्ने जुन व्यवसायीहरु छन् उनीहरुले बिमा गर्ने गरेका छन् ?

Ø  हैन हैन व्यवसायीहरुले बेच्ने हरुले बिमा गर्न मिल्दै मिल्दैन । यो गर्ने भनेको स्पेशल केरा कृषकहरुले जसले उत्पादन गर्छ उहाँहरुले आफ्नो फसलको कती लाग्छ कष्ट अफ प्रोडक्सन कष्ट अनुसार चाहीँ उहाँहरुले किसानहरुले उत्पादकहरुले चाहीँ यस्को बिमा गर्ने हो ।

11. के छ, त्यो बिमाको सिस्टम चाहीँ के हुन्छ बिमा गर्दा खेरी केराको घारीको मात्र बिमा हुने हो अथवा रोगको पनि बिमा हुने हो के हो त्यो खास कुरा ?

Ø  अब हामीले सुरुमा हामीले बिमा गर्दा खेरी जग्गाको क्षेत्रफल चाहीयो कित्ता नम्बर चाहीयो र त्यसपछि त्यो जग्गाको अवस्था कस्तो छ । त्यो जग्गामा रोग किरा कुनै लाएको छ की छैन । यसरी बगानको सबै कुरा हेरीसकेपछी यो बगान चाहीँ ठिक छ यत्तीको बगानमा हामीले बिमा गर्न मिल्छ भनीसकेपछी बिमा प्रकृया सुरु हुन्छ ।

12. अब अहिले सरकारका विभिन्न प्रतिनिधिहरु कृषि मन्त्रालयबाट आएर निरिक्षण गरेको मन्त्री ज्यु पनि आउनुभएको भन्ने कुरा पनि सुन्नमा आयो । तपाईहरुले अनुगमन पनि गर्नु भयो । त्यसपछि सरकारी क्षेत्रबाट आएको प्रतिबद्धता के हो ? उहाँ हरुले के बताउनुभएको छ यो पनि बताईदिनु न ।

Ø  शनीबार मन्त्रालयबाट उपसचिव हरु र हाम्रो चितवन जिल्लामा एक गाउँ एक उत्पादन पनि लागु भएको छ उहाँको प्रोगाम अफिसर अग्नि श्रेष्ठ आउनुभएको थियो । उहाँहरु चाहीँ यही अनुगमनको बिषयमा केरामा के छ त वर्तमान अवस्था चितवनमा भन्दा खेरी उहाँहरुले जुन क्षतीग्रस्त देख्नुभयो मन्त्रालयको साथिहरु र उहाँहरुले । उहाँहरुले चितवनमा यती राम्रो व्यवसाय ओभिओपि लाई तत्काल जुन ओडिओपिमा लैजानुपर्छ वन डिस्ट्रिक वन प्रोडक्सन मा । र यसका लागी चाहीँ अब हामीले तत्कालै राहतका लागी किनभने किसानलाई चाहीँ केही समय त बुझाउन सकिएन । र पनि अब उहाँहरुले बिमा गर्नु भयो भने त्यत्तीकै छोड्न त सकिदैन । कमसेकम किसानहरुलाई चाहीँ अहिलेको जुन चोट छ त्यसमा थोरै राहत हुने केही कार्यक्रम दिन्छौँ । त्यसका लागी चाहीँ तपाई कृषि विकास कार्यालय तर्फ आउनुस भन्नुभयो र संगै हाम्रो मन्त्री ज्यु पनि एउटा कार्यक्रममा आउनुभएको रैछ । उहाँ जादाँ खेरी जिल्ला कृषि विकास कार्यालय र केरा उत्पादक संघ भएर मन्त्री ज्यु लाई पनि फिल्ड लैजाने अवसर मिल्यो । उहाँले चाहीँ के भन्नुहुन्छ भने म त्यो किसानहरुको पक्षमा छु । तपाईको ६९ भदौ २९ गते मैले चाहीँ एउटा फाईल पठाएर क्याविनेट ल्याएर यो चाहीँ तुरुन्त डिसिजन गर्नु पर्‍यो भन्दा त्यो तपाईहरुको फाईल क्याविनेट नै जान सकेन । अर्थ मै छ । अब हामीले त के गर्न सक्छौ र भन्ने जस्ता कुराहरु अली हल्कै कुरा गर्नुभयो । कि अनी कृषि मन्त्रालयले तपाईबाट कृषि मन्त्रालयले के गर्न सक्छ यहाँको किसानलाई कमसेकम केही सुबिधा दिएर बिशेष अनुदान उपलब्ध गराउने अहिले मल बिउ कमसेकम केही रकम भएपनी किसानलाई जग्गा मा पुग्ने राहत मिल्यो भने राज्यबाट चाहीँ ठुलो उपलब्धी हुने थियो भन्ने चाहीँ हामी किसानले आशा गरेका छौ ।

13. जती किसानहरुका केराका रुखहरु ढले नी अब त्यो ढलीसकेपछी उहाँहरु पलायन हुने अवस्था रहन्छ अथवा त्यो ढलेका रुखहरुलाई हटाएर त्यो ठाउँमा अर्को नयाँ विरुवाहरु लगाउन तर्फ जुटीसक्नुभयो के छ यो तत्कालको अवस्था ?

Ø  यदि यो सरकारको बिमा पोलिसि नआएको भए त यो व्यवसायबाट कृषकहरु विस्थापित नै हुने अवस्था आउथ्यो तर बिमा पोलिसि आएका कारणले गर्दा र अहिले चाहीँ किसानहरु अब यो बर्ष नभएपनी अर्को बर्ष चाहीँ हामीले अलीकती के भने विभिन्न कार्यक्रम भयो बिमा गरेर भएपनि अब सधैँ क्षती हुँदैन भनेर एउटा धैर्य गरेर जुन एउटा शाहस देखाउनुभएको छ । अब हामी यसलाई चाहीँ पुनः गरेर देखाउछौ भनेर जेनतेन ऋण गरेर भएपनी उहाँहरुले चाहीँ अब हामीले पनी मन्त्रालयका साथीहरुले पनी सबैले आश्वासन पनि दिएको अवस्था छ केही पहल गरौला भनेर । त्यसले गर्दा नैराश्य चाहीँ भैसक्नु भएको छैन । तर उहाँहरु धैर्य लिएर आफ्नो काममा अगाडी बढी सक्नु भएको छ ।

14. एउटा केराको बोटको हकमा त्यसले कती सम्म उत्पादन दिन सक्छ ? कती सिजन त्यो चाहीँ फल लाग्ने हो ? पहिलो पटक दोस्रो पटक लागेको फलले चाहीँ लगानी उठाउने हो अथवा चौथौ पटकको फल कुर्नु पर्ने हो ? के हुन्छ खास ?

Ø  केरामा चाहीँ वास्तवमा के छ भने पहिलो बर्ष तपाईले जती लगानी गर्नुहुन्छ दोस्रो बर्ष पनी त्यती नै लगानी पर्छ । किनभने त्यसलाई दोस्रो बर्ष पनी फाँड्नुपर्‍यो गोड्नुपर्‍यो  र मल राख्नुपर्‍यो सिँचाई गर्नुपर्‍यो । सबै गर्दा खेरी अहिले हामीले प्रतीबोट लगानी निकालेका छौ । केराको प्रतीबोट हाम्रो २ सय २३ रुपैया खर्च लाग्छ । त्यसमा चाहीँ तपाईको अहिले क्षती भएको चाहीँ  हामीले अहिले एक बिगाहा बराबर १४ सय बोट सरदरमा हामीले निकालेका छौ । त्यसमा चाहीँ प्रतीबोट २ सय २३ लागत खर्च हुन्छ । र बिग्रिने हिसाबमा यो अहिले जुन समयमा केरा ढल्यो अत्यन्त राम्रो समय थियो । यतीखेर नेपालमा केराको राम्रो समय थियो जुन केरा प्रतीगोटा मुल्य ३ रुपैया ५० पैसामा बिक्रि भैरहेको थियो । प्रती घारी ४ सय देखी ५ सय एभरेजमा साढे चार सयमा हाम्रो बिक्रि हुन्छ ।

15. यो अहिले पाक्ने बेला हो ?

Ø  यतीखेरको अवस्थामा भनेको चितवनमा लगाईएको मालवोक जातको केरा जुन चाहीँ अहिले काठमाण्डौमा चितवनको केरा भनेर ब्रान्डेड बनीसकेको अवस्था छ । यो अवस्थामा अहिले चैत बैशाख जेठ असार साउन सम्म चाहीँ यसले राम्रो मुल्य पाउँछ । यो अवस्थामा ढलेको केराले ठुलो नोक्सान हुन्छ । किसानलाई चाहीँ ठुलो मर्का पर्न जान्छ ।

16. के कामै नलाग्ने गरी ति केराहरु अथवा केही काम लाग्यो त्यो पनि बताईदिनु न ?

Ø  हैन त्यो ढलेको केराहरु कामै लाग्दैन त्यो खम्बा कम्पोष्ट मल हुन्छ । अरु त्यो ढलेको केराहरु जुन बजार गर्न योग्य छैन पुष्ट्या छैन निस्क्या छ । ति कुराहरु त कामै छैन

17. भनेपछी अब त्यहाँ नयाँ बिरुवा लगाउनु पर्ने भो ?

Ø  त्यो रुख ढल्दै गर्दा कतीपय बगानमा के हुन्छ भने त्यो ढल्दाखेरी जरैदेखी ढल्दिन्छ जसले गर्दा साईटमा आको सख्खरपनी उप्किने सम्भावना हुन्छ । त्यसले गर्दा कतीपय बगानमा फेरी नयाँ सुरु गर्नुपर्ने हुन्छ जसले गर्दा बढी कष्ट लाग्छ खर्च हुन्छ ।

18. सरकार र मन्त्रालयका कुरा त भयो अब जिल्लाको कुरा गर्दा जिल्ला कृषि विकास कार्यालयको ध्यान तपाईका ति केरा बगानतिर गएको छ छैन जिल्ला कृषि विकास कार्यालयले तपाईहरुसंग के कसरी समन्वय गरेको छ ? तपाईको पिर मर्कामा जिल्ला कृषि विकास कार्यालयको साथ छ कि छैन ?

Ø  जिल्ला कृषि विकास कार्यालयले हरेक कार्यक्रम गर्दा हरेक बजेट बनाउदा पनि एउटा समन्वयको कुरा राम्रो छ । र यसलाई कसरी प्रबद्धन गर्न सकिन्छ कसरी अगाडी बढाउन सकिन्छ चितवनलाई अझै ब्रान्डेड कसरी बनाउन सकिन्छ र हामीले चाहीँ बिदेशबाट आउने केराहरुलाई कसरी रोक्न सकिन्छ । बढी उत्पादन कसरी गर्न सकिन्छ भनेर हरेक बिषयमा चाहीँ हामीलाई सहयोग गरीरहेको अवस्था छ ।

19. अहिले पछिल्लो समय जुन विपद पर्‍यो । हावाहुरी आयो केरा ढल्यो क्षती भयो । त्यस्तो मा चाहीँ उहाँहरुको कस्तो छ भुमिका ?

Ø  उहाँहरुले अस्ती मलाई जुन कृषि मन्त्री हरीप्रसाद पराजुली आउनुभयो । मलाई चाहीँ कृषिको हाकिमले नै फोन गरेर ल सर यो बेलामा चाहीँ मन्त्री ज्यु आउनु भको छ । हामीले चाहीँ सही समयमा हामीले आफ्नो समस्या देखाउनुपर्ने अवस्था छ । उहाँलाई देखाएपछि कमसेकम भोली डेलीगेसन जाँदाखेरी सजिलो हुन्छ भनेर उहाँले नै फोर्स गरेर अनुगमनमा लैजानुभएको हो ।

20. जुन केरा खेती गरीएको जग्गा जुन छ त्यो किसानको आफ्नै हो वा भाडामा लिएर गरीरहनुभएको छ । त्यसले रोजगारी सृजना पनी गरेको होला ?

Ø  अहिलेको अवस्थामा अधिंकास जग्गा त लिजमा लिएर गर्नुभएको छ । किसानको हकमा यो लिजको प्रवृती के छ भने, जस्तो हामी खेती गर्न चाहन्छौ सरकारले भुमी कडाई नियम लागु नगर्नाले हामीले समयमा जग्गा पाईरहेका छैनौ । खेतीयोग्य जमीन खेर गईरहेको छ । उहाँहरुले खेती गर्नलाई पनी जग्गा नदिईरहेको अवस्था छ । त्यसले गर्दा जग्गा चाहीँ हामीले ५ सय २५ परिवारलाई सन्तुष्ट गराएर जुन हिजोको उहाँको जिवनस्तर भन्दा आजको एक स्टेप बढाएर उहाँ माथी हुनुहुन्छ । उहाँचाहीँ अझै क्षेत्रफल बढाउन चाहनुहुन्छ आज १० बिगाहा गर्नेले ५० बिगाहा गर्न चाहनुभएको छ त्यसका लागी दक्ष हुनुहुन्छ तर हामीलाई एउटा समस्या के छ भने गत बर्ष चितवनमा ओभिओपि लागु भएर ५० लाख को कार्यक्रम ल्याउनुभयो हामीले यहाँ जिल्ला कृषि विकास कार्यक्रम नै यसको संरक्षक भएको हुदा कृषि विकास कार्यालय संघ र यसको संयोजक उद्योग वाणीज्य संघ चितवन बसेर हामीले कार्यक्रम बनायौ । कार्यक्रम आयो १२ लाखको । जिल्ला कृषि विकास कार्यालयमा ५० लाखको कार्यक्रम गर्न  छ खासै केरामा कार्यक्रम चाहीँदैन भनेर १/२ लाखको कार्यक्रम भयो । जुन अत्यन्तै न्युन भयो । राज्यको ध्यान किन राम्ररी गएन भनेर हामीले मन्त्रालयका पदाधिकारीसंग कुरा गर्‍यौ ।

21. केराको जुन बिरुवा हुन्छ त्यो चितवनमै उत्पादन हुन्छ की त्यो बाहीर जिल्लाबाट आयात गर्नुहुन्छ अथवा भारतबाट आयात गर्नुहुन्छ ?

Ø  धेरै राम्रो प्रश्न गर्नुभयो, अहिले हाम्रो समस्या भनेकै टेक्नोलोजीको । अहिलेसम्म केरा त लगाउछौ तर त्यो सख्खर तपाईको २५/३० बर्षको त्यो जिन त्यहीँबाट निस्केको साईडबाट निस्केको सख्खरबाट गरीरहेका छौ जस्ले गर्दा डिजिजको पनी समस्या छ । हामीलाई चाहीएको के हो भने जुन रोग निरोधक विरुवा यदी माटोमा रोग भने पनी लड्न सक्ने विरुवा यदी राज्यले यसमा बिशेष खालको अनुदान दिएर त्यो खालको विरुवा यदी ल्याउने हो भने नेपालमा किसानले अहिले ४० प्रतीशत उत्पादन गर्दै आएका छन् फलफुलमा यदी सरकारले रोग निरोधक विरुवा ल्याउन सक्यो भने १०० मा १०० प्रतीशत उत्पादन गर्न सक्छन् ।

22. अहिले केराको माग नेपालमा कती छ त्यसमा तपाईहरुले अहिले चितवनबाट कती पुर्ती गर्नुभएको छ ?

Ø  केराको नेपालमा उत्पादन ४० प्रतीशत उत्पादन छ । त्यसमा ६० प्रतीशत भारतबाट आउछ । यसमा ४० लाई १०० प्रतीशत मानेर हेर्दा चितवनले त्यसको ३५ देखी ४० प्रतीशत धानेको छ ।

23. चितवनमा बिक्रि हुने केरा चितवनकै हो कि भारतको पनि छ ?

Ø  हैन अहिले चाहीँ चितवनकै उत्पादन १०० प्रतीशत बिक्रि भैरहेको छ तर केही समय पहिले हाईब्रेट जातको एक दुई घारी बजारमा पाईन्थ्यो तर अहिले चारैतिर चितवनकै केरा पाईन्छ  ।

24. मुल्यमा के छ भारतीय केरा र चितवनको केरामा ?

Ø  मुल्यका हिसावले त एउटै हुन्छ । तर ख्याल गर्नु पर्ने कुरा के भने भारतको केरा विभिन्न केमीकल हालेर लामो समय सम्म जस्ताको तस्तै रहने बनाउछ । त्यो स्वास्थ्यको लागी निकै हानीकारक । तर हामीले त चितवनको कुनै पनी उत्पादन पुर्ण रुपमा अर्गानीक छ ।

25. अन्त्यमा के भन्न चाहनुहुन्छ ?

Ø  अहिले सम्पुर्ण पाठकलाई के भन्छु भने यदी यहाँलाई केरा खेती गर्न ईच्छुक हुनुहुन्छ भने आउनुस हाम्रो संघमा हामी सहयोग गर्न तयार छौ । विदेश जाने पैसा यहाँ लगानी गर्नुस बिमा गर्नुस एकैपटक त सबै पाईदैन तर गर्दै जादाँ मुनाफा हुन्छ । संगै केरा स्वास्थ्यका लागी फाईदाजनक हुन्छ । र केरा उत्पादकलाई जुन क्षती भएको छ नआत्तीनुस हामी राहतका लागी पहल गर्दैछौ भन्न चाहन्छु ।

26. हवस् धन्यबाद

Ø  हवस् तपाईलाई पनी धन्यबाद ।

Post Comment

More अन्तर्वार्ता

Onair Now Onair Now

Mix Bag

Started at: 01:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 02:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award