साहित्य

चितवन साहित्य परिषद्को भवन समुदघाटन । चितवन साहित्य परिषद्को भवन समुदघाटन ।
कालिका, चैत्र ३ । 
चितवन साहित्य परिषदको भवन शनिबार एक औपचारिक कार्यक्रमका बिच समुदघाटन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्ब उपकुलपति एवम् बरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर बासुदेब त्रिपाठीले सो भवनको समुद्घाटन गर्नुभएको हो । भवन समुद्घाटन संगै सोहि भवनमा बिद्युतिय पुस्तकालयको पनि नै शुभारम्भ गरिएको छ । जसमा भतरपुर महानगरपालीकाको पनि आर्थीक सहयोग रहेको छ, जसलाई महानगरकै ई लाईब्रेरीको रुपमा बिकास गर्न पनि सकिने अध्यक्ष सुरेन्द्र अस्तफलको भनाई छ । 
भवन निर्माण समितिका अध्यक्ष श्रीभक्त अच्युत वाग्लेले भवन निर्माणको पृष्ठभुमी कार्यक्रममा उल्लेख गर्नुभएको थियो । चितवनमा साहित्यको उत्थान सम्र्बद्धनका लागि २०४५ सालमा स्थापना भएको चितवन साहित्य परिषदको भवन निर्माण करिब ७४ लाखको लागतमा गरिएको भवन निर्माण समितिका कोषाध्यक्ष केशवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  
सोही कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । यसैबिच सोही कार्यक्रममा बरिष्ठ साहित्यकार प्रेमबिनोद नन्दनको खण्डकाव्य सिद्धार्थको गृह त्याग, सरला जोशीको कविता संग्रह बृद्धाश्रमको यात्रा, बाबुराम पाण्डेको जिवनका पदचाप,  शिवलाल लामिछानेको बैशाख लागेछि कृतिहरुको बिमोचन गरिएको थियो ।
 

Post Comment

More साहित्य

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award