साहित्य

राईको ‘अन्तिम आयाम’को विमोचन राईको ‘अन्तिम आयाम’को विमोचन
पथरी, मोरङ, ११ फागुन,रासस
कथाकार शरण राईद्वारा लिखित ‘अन्तिम आयाम’ कथासंग्रहको बिहीबार बेलुका विराटनगरमा विमोचन गरिएको छ । 
 
बिहीबार आयोजित कार्यालयमा प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले कथासंग्रहको विमोचन गर्नुभयो । लिटररी एशोसिएशन, धरानको आयोजनामा प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा तुम्बाहाङले कथासंग्रहको विमोचन गर्नुभएको हो । साढे चार दशकभन्दा लामो समयदेखि साहित्यमा सक्रिय राईका यसअघि विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित भइसकेका छन् । 
 
पाँचपोखरी प्रकाशन गृह, काठमाडौँले प्रकाशित गरेको संग्रहमा विभिन्न विषयवस्तुलाई समेटेर लेखेका १७ वटा कथा छन् । डा गोपाल भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा टंक न्यौपाने, रमेश शुभेच्छुक र भोलानाथ पोखरेलले समीक्षा गर्नुभएको थियो । 
 
कथामा वृद्धवृद्धाका समस्या र संरक्षण अभावलाई सशक्तरुपमा उठान गरिएको उहाँहरूले बताउनुभयो । कार्यक्रममा साहित्यकार कुन्ता शर्मा, कविराज न्यौपाने, गोकुल अधिकारी, अग्रज पत्रकार शिवबहादुर कार्कीलगायतले राईको कथासंग्रहले नेपाली साहित्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो । 

Post Comment

More साहित्य

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 02:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 03:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award