साहित्य

साहित्यिक सम्मान साहित्यिक सम्मान

इटहरी, ५ फागुन,रासस

साहित्य, सङ्गीत एवम् कलाका क्षेत्रमा महत्पूर्ण योगदान पु¥याएवापत दुई जना साहित्यकारलाई सम्मान गरेको छ । 

सम्मानित हुनेमा सुनसरीका अग्रज साहित्यकार एवम् कवि बम देवान र सङ्गीत साधना प्रतिष्ठानका पूर्व अध्यक्ष एवम् कलाकार मणि गुरुङ रहेका छन् । धरणीधर साहित्य प्रतिष्ठानद्वारा शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहाँहरुलाई जनही रु २० हजार नगदसहित सम्मान गरिएको हो । 

सो अवसरमा पूर्वमन्त्री रामकुमार सुब्बाले स्व साहित्यकार धरणीधर दाहाल इटहरी र यस क्षेत्रका अनुकरणीय साहित्यकर्मी एवम् समाज सुधारक भएकाले उहाँको जीवनबाट हामीले धेरै कुरा सिक्नुपर्ने भन्नुभयो । 

इटहरी साहित्यिक समूहका अध्यक्ष कृष्णविनोद लम्सालको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा साहित्यकार लेखनाथ घिमिरे, कवि बम देवान, मणिराज गुरुङ, कृष्ण अधिकारी, साहित्यकार जीबी लुगुनलगायतले साहित्यका विविध विद्यामाथि प्रकाश पार्नुभएको थियो । 

Post Comment

More साहित्य

Onair Now Onair Now

Cine Sopan

Started at: 10:10 HRS

Up Next

Kalika News Up-Date

Starts at: 11:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award