साहित्य

चितवनमा पहिलोपल्ट राष्ट्रिय काब्य विर्मश चितवनमा पहिलोपल्ट राष्ट्रिय काब्य विर्मश
राजु थापा, माघ २०, कालिका
 चितवन जिल्लाको नै गौरवको विषय बन्ने गरि शनिवार  कविडाँडा साहित्य समाजले  आयोजना गरेको राष्ट्रिय काब्य विर्मश तथा कविता वाचनमा समिक्षाकारहरु विच नै मतभेद देखिएको छ । कार्यपत्रमा मनु मन्जिलले अहिलेको कविताहरुमा सपना अर्थात विम्वहराएको बताई रहदाँ अर्का समिक्षक ऋषिराम शर्माले विम्व सहितका कविता भएका कविता समासामायिक कवितामा पनि पाईने तर त्यो हरेक कविको आफनै शैलीको भएको बताउनु भएको थियो ।  
३ खण्डमा विभाजन गरि गरिएको कार्यक्रममा कवि सरिता तिवारीले समकालिन नेपाली कवितामा नारी चेत , महेश पौडेलले दक्षिण एसियाली कविता र नेपाली कविताको तुलनात्मक अध्ययन, मनु मन्जिलले कविता यथार्थमै सपनाको समानान्तर, ऋषिराम शर्माले समकाली नेपाली कविता बहस र वास्तविकता , डा. ताराकान्त पाण्डेयले नेपाली कवितामा पश्चिमी चिन्तन  र  डा. कुमार कोईरालाले नेपाली कवितामा राजनैतिक प्रभाव र भाव विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो  । यस्तै सवै कार्यपत्र माथि डा, लक्ष्मण प्रसाद गौतमको समिक्षा रहने थियो ।
पहिलो खण्डमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्थततामा औपचारिक कार्यक्रम शुरु भएको थियो । यस्तै दोसा्रे सत्रमा भएको कार्यक्रममा डा. अमर गिरीको अध्यक्षततामा ६ वटा शिर्षकमा ६ जना कवि तथा साहित्यकारहरुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा कविडाँडा साहित्य  समाजका अध्यक्ष एल वि क्षेत्रीको सभापतित्व रहेको थियो । यस्तै कार्यक्रममा ३ जना स्रष्टाहरु शारदा शर्मा , दिनेश अधिकारी र पुरुषोतम सुवेदीलाई कविडाँडा साहित्य सम्मान समेत गरिएको  थियो । 
चितवनको कैलाशनगरमा देशभरका १ सय भन्दा कविहरुलाई भेला गरि सम्पन्न भएको  कार्यक्रमकोअन्तिम खण्डमा कविता बाचन गरिएके थियो ।  कवि भुपिनले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो भने उदय अधिकारीले चितवनमा सवै कविहरुलाई स्वागत गर्नु भएको थियो ।  कार्यक्रममा डा. अमर गिरी, शारदा शर्मा, पुरुषोत्तम सुवेदी, दिनेश अधिकारी, मातृका पोख्रेल,श्यामल,गोविन्दराज विनोदी,  लगायतको धारणा समेत राख्नु भएको थियो । कार्यक्रमलाई चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल, सचिव बालकृष्ण थपलिया र गणेश श्रवणले सहजीकरण  गर्नु भएको थियो ।   
 

Post Comment

More साहित्य

Onair Now Onair Now

Face to Face

Started at: 08:05 HRS

Up Next

Nepal Khabar

Starts at: 09:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award