साहित्य

अमूल्य राष्ट्रिय कलाश्रीबाट प्राडा त्रिपाठीलाई सम्मान गरिने अमूल्य राष्ट्रिय कलाश्रीबाट प्राडा त्रिपाठीलाई सम्मान गरिने
काठमाडौँ, १९ माघ रासस
नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले यस वर्ष नेपाली कला साहित्य क्षेत्रका चार स्रष्टालाई पुरस्कार दिने भएको छ । 
 
प्रतिष्ठानको आज बसेको बैठकले चार जना साहित्यिक स्रष्टालाई पुरस्कार दिने भएको प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले जानकारी गराउनुभयो । 
 
प्रतिष्ठानले यस वर्षको अमूल्य राष्ट्रिय कलाश्री सम्मान २०७४ बाट प्राडा वासुदेव त्रिपाठीलाई र ‘राष्ट्रिय कलाश्री पुरस्कार २०७४’ बाट माया ठकुरीलाई प्रदान गर्ने निर्णय गरेको छ । डा त्रिपाठीलाई कदर–पत्रबाट सम्मान र ठकुरीलाई नगद रु एक लाख र सम्मान–पत्रबाट पुरस्कृत गरिने छ । 
 
यस्तै ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०७४’ मणि लोहनी र ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार २०७४’ मोहन दुवाललाई प्रदान गर्ने भएको हो । 
 
युवा पुरस्कारको राशि रु ५० हजार र पत्रकारिता पुरस्कारको राशि रु २५ हजार रहेको छ । सम्मान तथा पुरस्कार आगामी फागुन महिनामा विशेष समारोहकाबीच प्रदान गरिने अध्यक्ष जोशीले जानकारी गराउनुभयो । 
 
प्रतिष्ठानले विगत एक दशकदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र संगीतमा योगदान पु¥याएका साहित्यकार, कलाकार र पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । 

Post Comment

More साहित्य

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 03:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award