साहित्य

‘मझेरीबाट हेर्दा कर्णाली’ सार्वजनिक ‘मझेरीबाट हेर्दा कर्णाली’ सार्वजनिक

काठमाडौँ, १२ माघ,रासस

आर्थिक, सामाजिक एवं विकासका दृष्टिले पछि परेको कर्णाली अञ्चललाई समेटेर तयार पारिएको ‘मझेरीबाट हेर्दा कर्णाली’ नामक कृति सार्वजनिक भएको छ । 

लेखक खडानन्द चौलागाईंले कर्णाली क्षेत्रका विविध पक्ष खोज गरी पुस्तक तयार पार्नुभएको बिहीबार आयोजित पुस्तक लोकार्पण समारोहमा जानकारी गराइयो । निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान र जुम्लेली समाजले आयोजना गरेको पुस्तक लोकार्पण समारोहमा संस्कृतिविद् डा जगमान गुरुङले कर्णाली नेपालको सांस्कृतिक ढुकुटीका रुपमा रहेको बताउनुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले कर्णालीकै स्थायीवासीले लेखेको पुस्तकका सूचना आधिकारिक हुने विश्वास व्यक्त गर्नुभयो । प्रा डा सुरेन्द्र केसीले कर्णालीको यातायात संरचनामा वार्षिक सयौँ मानिस मर्ने गरेकोप्रति राज्य संयन्त्रको ध्यान जान नसकेको सुनाउनुभयो । 

कार्यक्रममा देउडा गायक एवं संस्कृतिविद् नन्दकृष्ण जोशी, पत्रकार प्रेम कैदीलगायतले कर्णालीको संस्कृतिका विषयमा अझै पर्याप्त चर्चा हुन नसकेको गुनासो गर्नुभयो । 

Post Comment

More साहित्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

Namaste Kalika

Starts at: 07:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award