साहित्य

साहित्यिक अक्षयकोष स्थापना साहित्यिक अक्षयकोष स्थापना

बाबियाचौर, म्याग्दी, २३ पुस ,रासस

म्याग्दी साहित्य सञ्चारले रु एक लाखको साहित्यिक अक्षयकोष स्थापना गरेको छ । 

सञ्चारका अध्यक्ष लोकनाथ घायलश्रीले अक्षयकोषको ब्याजबाट वार्षिक रुपमा धौलागिरिका अग्रज साहित्यकारलाई पुरस्कृत गरिने तथा साहित्यिक पत्रिका प्रकाशन र साहित्यिक गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो । देउसीभैलो खेलेर संकलित रकमबाट अक्षयकोष स्थापना गरिएको संस्थाका उपाध्यक्ष सन्दीप खत्रीले बताउनुुभयो । 

सञ्चारले ‘बुलबुल’ साहित्यिक पत्रिका प्रकाशन गर्नाका साथै कविता, गजल वाचनका विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । 

Post Comment

More साहित्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kaya Kairan

Starts at: 06:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award