साहित्य

लेखनाथ पौड्यालको जन्म जयन्तीमा विविध कार्यक्रम लेखनाथ पौड्यालको जन्म जयन्तीमा विविध कार्यक्रम

पोखरा, १३ पुस,रासस

कवि शिरोमणि लेखनाथ पौड्यालको १३४औँ जन्म जयन्तीको त्रिद्विवसीय कार्यक्रम आजदेखि यहाँ शुरु भएको छ । 

लेखनाथ जयन्तीको पहिलो दिन आज पोखरा–लेखनाथ महानगरपालिका–२६ स्थित अघौंचोकमा रहेको पौड्यालको प्रतिमामा सरसफाइ र रङ्गरोगन गरिएको छ । उक्त कार्यक्रममा लेखनाथ जयन्ती मूल समारोह समितिका सदस्य, बहिरा माध्यमिक विद्यालयका छात्रछात्रा र स्थानीयवासीको सहभागिता रहेको थियो । 

सो उपलक्ष्यमा भोलि कवि शिरोमणिको योगदानसम्बन्धी कवितावाचन, पुस १५ गते उहाँको जन्मस्थल लेखनाथको अर्घौं अर्चलेमा मूल समारोह गरिनेछ । मूल समारोह कार्यक्रममा लेखनाथ साहित्य पुरस्कार, लेखनाथ पत्रकारिता पुरस्कार र छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिने कार्यक्रम छ । 

Post Comment

More साहित्य

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award