साहित्य

राष्ट्रकवि घिमिरे महाकाव्य लेख्दै राष्ट्रकवि घिमिरे महाकाव्य लेख्दै

काठमाडौँ, १३ पुस,रासस

राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनको एक शताब्दीको अनुभवलाई समेटेर महाकाव्य लेख्न लागेको बताउनुभएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको छैटाँै स्थापना दिवसका अवसरमा बुधबार आयोजित पुनर्मिलन कार्यक्रममा उहाँले केही महिनापछि आफू १०० वर्ष पुग्न लागेकाले सो महाकाब्य प्रकाशनमा ल्याउने जानकारी दिनुभयो । 

उहाँले ज्येष्ठ नागरिकलाई परिवारको हेरचाह, स्नेह र मायाको खाँचो पर्ने बताउँदै उहाँहरुको सामाजिक सुरक्षाका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । महासंघका कार्यवाहक अध्यक्ष मदनदास श्रेष्ठले उहाँहरुले देखाएको मार्गनिर्देशनलाई परिवार, समाज र राज्यको सबै निकायले अनुशरण गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले ज्येष्ठ नागरिकको अनुभवलाई उपयोग गरी समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

अहिले मुलुकमा करिब २७ लाख ज्येष्ठ नागरिक रहेको र देशका ६५ जिल्लामा सञ्जाल विस्तार भएको बताइएको छ । विसं २०६८ पुस १२ गते महसंघ स्थापना भएको हो । 

Post Comment

More साहित्य

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award