साहित्य

पूर्व सांसद तथा साहित्यकार जबराको निधन, नेकाद्वारा दुःख व्यक्त पूर्व सांसद तथा साहित्यकार जबराको निधन, नेकाद्वारा दुःख व्यक्त
काठमाडौँ, २४ असोज (रासस) ः
नेपाली काँग्रेसका पूर्व सांसद तथा साहित्यकार ८८ वर्षीय जगदीशशम्शेर जबराको निधन भएको छ । 
 
जबराको सोमबार भारतको चण्डीगढमा उपचारका क्रममा निधन भएको थियो । 
 
उहाँको निधनप्रति नेपाली काँग्रेसले आज एक विज्ञप्ति प्रकाशित गरी गहिरो दुःख व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । 
 
पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गर्नुृ भएको विज्ञप्तिमा पार्टीले उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । 
 
काठमाडौँको बबरमहलमा जन्मनुभएका स्व राणाले गोरखा परिषद्बाट आफ्नो राजनीतिक जीवनयात्रा शुरु गर्नुभएको थियो । विसं २०१५ को आमनिर्वाचनमा उहाँ अछामबाट प्रतिनिधिसभाका लागि उम्मेदवार हुनुभएको थियो । 
 
गोरखा परिषद्को केन्द्रीय प्रचार विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हाल्नुभएका स्व राणा २०१७ सालको ‘कु’ पछि गोरखा परिषद्का सबै नेताहरुका साथ नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो । 
 
विसं २०४६ को ऐतिहासिक जनआन्दोलनपछि विसं २०५० मा उहाँ नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य हुनुभएको थियो । 
 
स्व राणा साहित्यिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । उहाँको साहित्यिक कृति ‘नरसिंह अवतार’ चर्चित कृतिका रुपमा रहेको छ । 
 
उहाँ मदन पुरस्कारबाट समेत सम्मानित हुनुभएको थियो । स्व राणाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । 

Post Comment

More साहित्य

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award