साहित्य

महिला मुक्तिका कविता
काठमाडौँ, ९ भदौ । जनसाहित्यिक मञ्च नेपालको अविरल जनसाहित्यक यात्राको ४० औँ शृङ्खलामा आज चार महिला कविका दुई दर्जन कविता प्रस्तुत भएका छन् । 
शृङ्खलामा अनिता लामा, जयन्ती स्पन्दन, यशोदा अधिकारी र बिना तामाङ थिङका चार चार कविता प्रस्तुत भएको हो । यसअघि एक कविका एक दर्जन कविता प्रस्तुत हुँदै आएको सन्दर्भमा नयाँ स्वाद दिन र तीजको समेत सन्दर्भ जोड्न चार नारी कविलाई प्रस्तुत गरिएको मञ्चका अध्यक्ष राम विनयले बताउनुभयो । 
कविहरुका अधिकांश कविता महिला मुक्ति, सामाजिक विभेद, मानवाधिकार र स्वतन्त्रतासँग सम्बन्धित थिए । कवि लामाले ‘मेरो देशः मेरो सर्वस्व’, ‘विद्यार्थी’ र ‘नागरिकता’, स्पन्दनले ‘सत्यबीज’ र ‘टीकापुर भर्सेस खण्डखण्ड त्रासदी’, अधिकारीले ‘भुइँमान्छेको सपना’, ‘ढालिदिन्छु त्यो बूढो रुख’ र ‘ठेगनीदेवी’ तथा तामाङले ‘मायाहरुको योग’, ‘एउटी किशोरीको कथा’ र ‘कालो गुराँस’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । 
सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले नयाँ पुस्ताका सशक्त नारी हस्ताक्षरका कविताका आवाजले फरक अनुभूति मिलेको बताउनुभयो । समीक्षक सुस्मिता नेपालले कविताहरुले नारी मुक्तिका स्वरलाई प्रस्फुटित गराएको बताउनुभयो । साहित्यकार कविता पौडेलले महिलाहरुले हरेक क्षेत्रमा संघर्ष गर्नुपर्ने समयमा कवितामा नयाँ पुस्ताको सक्रिय उपस्थितिले उत्साहित तुल्याएको छ भन्नुभयो । रासस 

Post Comment

More साहित्य

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award