साहित्य

युरेशियाको गजल बाचन युरेशियाको गजल बाचन
राजु थापा, भदौ ३, कालिका
१ सय ५२ औ मोतिजयन्तीको अवसर पारेर युरेशिया रेयुकाई समाज विकास केन्द्रले गजल बाचन गरेको छ । गजलको राजधानी भनेर चिनिने चितवनमा  भएको गजल बाचन कार्यक्रममा  कविहरु धनराज गिरी, पुष्प अधिकारी अन्जली, लकाश पौडेल, द्धारिका नेपाल,बालकृष्ण थपलिया, राजेन्द्र धायल, गोर्खे साईलो , संजय परियार , विर्मश कँडेल, लेखराम सापकोटा, मुकुन्द खलपात्र, सम्या थापा लगायतका कवि तथा गजलकारहरुले गजल बाचन गर्नु भएको थियो । 
चितवनका अग्रज गितकार प्रेमविनोद नन्दन प्रमुख अतिथि रहनु भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष शरदरंजन श्रेष्ठले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने दिपकराज विष्टले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रम संस्थाका बद्रीनाथ पोख्रेलको सभापतित्व रहेको थियो । 
 

Post Comment

More साहित्य

Onair Now Onair Now

Kalika Highlites

Started at: 15:00 HRS

Up Next

Hamro Bhaka

Starts at: 16:05 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award