साहित्य

साहित्यकार अधिकारी पुरस्कृत साहित्यकार अधिकारी पुरस्कृत
बागलुङ, ३१ साउन ।
रणस्मृति पुरस्कार संस्था बागलुङले यस वर्ष स्थापित ‘शक्ति पुरस्कार एवं सम्मान’ स्याङ्जाका साहित्यकार विश्वप्रेम अधिकारीलाई प्रदान गरेको छ । 
 
नेपाली साहित्यमा पु¥याएको योगदानबापत अधिकारीलाई रु आठ हजार पुरस्कारसहित सम्मानपत्र सोमबार बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेलले प्रदान गर्नुभयो । संस्थाले यसअघि जेहेन्दार विद्यार्थीलाई रणस्मृति पुरस्कार प्रदान गर्दै आएको छ । ‘विद्यार्थीसँगै यो वर्षदेखि साहित्यिक क्षेत्रको व्यक्तित्वलाई पुरस्कृत एवं सम्मान गर्न सुरु गरेका छौंँ’ संस्थाका अध्यक्ष काजी रोशनले भन्नुभयो । 
 
यस वर्षको रणस्मृति पुरस्कार पाउने विद्यार्थीमा रुद्रेपीपल मावि कक्षा ८ का पुष्प पौडेल र सिवानी विक, धवलागिरि वीरेन्द्र माविका करिष्मा विक र सपना शर्मा तथा रामरेखा आधारभूत विद्यालय कक्षा ५ का राजदेव मगर छन् । बागलुङका समाजसेवी एवं शिक्षाप्रेमी शक्तिबहादुर खड्काले आफ्ना स्व पिता रणबहादुरका स्मृतिमा स्थापना गरेको कोषबाट पुरस्कार एवं सम्मान दिने गरिएको छ । रासस 

Post Comment

More साहित्य

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award