साहित्य

मोती पुरस्कार ज्ञानु र अनुपलाई
काठमाडौँ, २६ साउन । नेपाली भाषा साहित्यको उत्थान र यसको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरेबापत यो वर्षको मोती पुरस्कार चितवनकी ज्ञानु अधिकारी र रुपन्देहीका अनुपम रोशीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । 
यवावर्ष मोती पुरस्कार छनोट समितिका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बुधबार भएको बैठकले साहित्यकारद्वय अधिकारी र रोशीलाई रु ५० हजार राशिको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषले आज जनाएको छ । 
कोषका अनुसार १५२औँ मोती जयन्तीका अवसरमा यही भदौ ५ गते उहाँहरूलाई स्वर्ण पदकसहित पुरस्कार रकम प्रदान गरिनेछ । 
राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको पुण्यस्मृतिमा कोषले २०४२ सालमा स्थापना गरेको उक्त पुरस्कारबाट हालसम्म ६० जना युवा स्रष्टा सम्मानित भइसकेका छन् । रासस 

Post Comment

More साहित्य

Special Programs

Kalika Events

  • 12th Music Award