साहित्य

साहित्य सन्ध्या पुरस्कार श्यामललाई साहित्य सन्ध्या पुरस्कार श्यामललाई
काठमाडौँ, २४ साउन । यस वर्षको साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई प्रदान गर्ने भएको छ । 
नेपाली प्रगतिवादी कवितामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उहाँलाई उक्त पुरस्कार दिने निर्णय गरेको साहित्य सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिनुभयो । पुरस्कारको राशि रु दस हजार छ । 
साहित्यकारहरु प्रा जगतप्रसाद उपाध्याय, लेखनाथ गुरागाईं र जयन्ती सत्याल रहेको छनोट समितिले सो पुरस्कारका लागि कवि श्यामलको नाम सिफारिस गरेको हो । 
विसं २०३९ मा स्थापित सो संस्थाले २०४२ देखि वार्षिक रुपमा पुरस्कार प्रदान गर्दै आएको छ । 
यसैगरी साहित्यकार नर्मदेश्वरी सत्याल र मदन सत्यालको नाममा स्थापित रु दस हजारको छात्रवृत्ति मनोहर मावि, काठमाडौँको कक्षा १२ मा अध्ययनरत सविता रानालाई प्रदान गरिने अध्यक्ष विनयले जानकारी दिनुभयो । ती पुरस्कार आउँदो भदौ ३ गते प्रदान गरिनेछ । रासस 
 

Post Comment

More साहित्य

Onair Now Onair Now

Namaste Kalika

Started at: 07:30 HRS

Up Next

Kalika News Up-Date

Starts at: 08:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award