साहित्य

शारदा स्मृतिले चितवनका २ स्रष्ट्रालाई पुरस्कृत
राजु थापा, असार ३१, कालिका
 
शारदा स्मृति प्रतिष्ठान चितवनले साहित्यीक क्षेत्रमा विशेष योगदान पुर्याउने दुई स्रष्ट्रालाई पुरस्कार राशी सहित सम्मान गरेको छ । साहित्यकार तथा सारदा स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष्ाँ ईन्द्र प्रसाद रेग्मीलाई शारदा स्मृति पुरस्कार २०७४ वटा नगद  २० हजार सहित सम्मान गरिएको हो । रेग्मीलाई सातौ पुरस्कारको रुपमा शारदा स्मृति पुरस्कार प्रदान गरिएको हो । यस अधि यो पुरस्कार ६ जना स्रष्ट्राहरुलाई प्रदान गरि सकिएको छ । तत्कालिन माओवादी जनयुद्धको समयमा  २०५९ असार ३१ गते तनहुको भिमादमा जिवन गुमाएकी तत्कालिन चितवन ईन्चार्ज शारदा श्रेष्ठको सम्झना स्थापित यस स्मृतिले साहित्यीक क्षेत्रमा महिनाको १ पटक घरदैलो कार्यक्रम संचालन गरिरहेको छ । 
 
यस्तै सोही कार्यक्रममा साहित्यकार पुर्ण बहादुर अधिकारीलाई डिल्लीराम धनसरा प्रतिभा पुरस्कारबाट सम्मान गरिएको  हो । नगद ५ हजार पुरस्कर राशी रहेको पुरस्कार ५ औ पुरस्कार हो । यस अधि यो पुरस्कार यस अधि ४ जनाले प्राप्त गरिसक्नु भएको छ । यो पुरस्कार साहित्इका पोषराज पौडेलले आप्mना आमा बुबाको स्मृतिमा स्थापना गर्नु भएके हो । कार्यक्रममा नेकपा माओवादी केन्द्र चितवनका जिल्ला ईन्चार्ज ईश्वरी भट्टराईको प्रमुख आतिथ्थतता रहेको थियो । 
 
प्रतिष्ठानकी पmयाक्सन ईन्चार्ज निशा न्यौपानेले स्वागत मन्तब्य ब्यक्त गर्नु भएके कार्यक्रममा रामहरी श्रेष्ठले ईन्द्र रेग्मी र राजेन्द्र धायलले पुर्ण बहादुर अधिकारीको बारेमा प्रकाश पार्नू भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पार्टीका विभिन्न तहका ब्यीक्तत्वहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई प्रतिष्ठानकी अध्यक्ष श्यामसुन्दर पन्तले सभापतित्व गर्नू भएको थियो । 

Post Comment

More साहित्य

Special Programs

Kalika Events

  • 12th Music Award