साहित्य

राजेन्द्र सलभलाई चितवनमा सुनियो राजेन्द्र सलभलाई चितवनमा सुनियो
राजु थापा, असार २४, कालिका
कवि  तथा पुर्व फिल्मी निर्देशक राजेन्द्र सलभलाई शनिवार चितवनमा  एकल कविता मार्फत सुनिएका छन् । अक्षर समुह चितवनले कवि सलभलाई चितवनमा ल्याई एकल कविता वाचन गर्ने ब्यवस्था मिलाएको हो । 
 
फिल्मका निर्देशक रहि कार्यरत रहनुभएका सलभ विचको समयमा अमेरिका रहनु भएकोमा अहिले नेपाल आई कविता संग्रह निकाल्नु भएको हो ।  शनिवार उहाँको कविता संग्रह कविताका रंग र यस अधिको कृति उज्यालो शर्तको कविताहरु वाचन गर्नु भएको थियो ।
 
राजेन्द्र सलभको एकल कविता वाचनमा अक्षर समुह चितवनका अध्यक्ष ईश्वर कँडेलको सभापतित्व रहेको थियो भने निर्वतमान अध्यक्ष भुपिन, चितवनका साहित्यकार तथा कविहरु , गायत्री श्रेष्ठ, धनेश्वर भटट्राई , धनराज गिरी, द्धारिका नेपाल, लगायतका कविहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई अक्षर समुहकी सचिव अजिता अधिकारीले संचालन गर्नु भएको थियो । 

Post Comment

More साहित्य

Special Programs

Kalika Events

  • 12th Music Award