साहित्य

मधुपर्कको ‘अमूर्त’ विमोचन
काठमाडौँ, ३० जेठ । मधुपर्क साहित्यिक मासिकको ५०औँ वर्ष प्रवेशका अवसरमा सो पत्रिकाले आज आफ्नो ‘अमूर्त’ सांस्कृतिक विशेषाङ्क सार्वजनिक गरेको छ । 
 
साहित्यिक पत्रकारितामा नियमित मासिकमध्येको अगुवा मानिने मधुपर्कको सो ५७६औंँ पूर्णाङ्क यहाँ आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दी वाङ्मय पुरुष शत्यमोहन जोशीले संयुक्तरुपमा विमोचन गर्नुभयो । 
 
विशेषाङ्कमा नेपालका अमूर्त सम्पदाको परिचय, कात्तिक नाँच, दाफा सङ्गीत, मुन्धुम, लोकवार्ता, घाटु नृत्य, मूर्तिकला, वाग्मती सभ्यता, खार्पूनाथ आदिबारे विज्ञहरुको लेख, रचना समावेश छन् । 
 
कार्यक्रममा यसअघि घोषणा गरिएको रु २५ हजार राशिको मधुपर्क सम्मान यस वर्ष भाषाविद् चुडामणि बन्धु र कवि श्यामदास वैष्णवलाई प्रदान गरियो । 
 
गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरे, शताब्दी वाङ्मय पुरुष जोशी, सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्लगायतले पत्रिकाको निरन्तरताको कामना गर्नुभयो । 
 
सो पत्रिकाका सम्पादक श्रीओम श्रेष्ठ रोदनले दक्षिण एसियामै ५७६औँ पूर्णाङ्क प्रकाशित हुने सम्भवतः मधुपर्क नै पहिलो साहित्यिक पत्रिको हो भन्नुभयो । रासस

Post Comment

More साहित्य

Onair Now Onair Now

Moi Jhyang Moi Dhut

Started at: 17:05 HRS

Up Next

Kalika News Express

Starts at: 17:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award