साहित्य

‘केवलको निधनबाट साहित्यमा क्षति’ ‘केवलको निधनबाट साहित्यमा क्षति’
काठमाडौँ, २५ जेठ ।
साहित्यकार मेदनीकुमार केवलको निधनले नेपाली साहित्यलाई अतुलनीय क्षति भएको साहित्यकारले बताएका छन् । 
 
स्वर्गीय केवलको १३ औँ दिनको पुण्यतिथिका अवसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सहभागी साहित्यकारले नेपाली र अवधि साहित्यमा उहाँको योगदान अविस्मरणीय भएको चर्चा गर्नुभयो । 
 
साहित्यकार खिमानन्द पोखरेलले केवल एक सफल साहित्यकार मात्र नभई सरल र शालीन व्यक्तित्व भएको स्मरण गर्नुभयो । 
 
भारतको सिक्किममा साहित्यिक कार्यक्रममा सहभागी हुन पोखरेलसँगै पुग्नुभएका केवलको यही जेठ १३ गते हृदयाघातका कारण निधन भएको थियो । पोखरेलले कार्यक्रममा उहाँसँगको यात्रा र अन्तिम अवस्था भएका कुराकानीबारे जानकारी गराउनुभएको थियो । 
 
‘नेपाली भाषा बचाऊ’ अभियानका संयोजक डा बलदेव गाउँलेले स्व केवलको योगदान साहित्य रचनामा मात्र नभई नेपाली भाषालाई बचाउनुपर्छ भन्ने सङ्र्घषमा पनि उत्तिकै भएको बताउनुभयो । 
 
राष्ट्रिय समाचार समिति ९रासस० का अध्यक्ष तथा केवलका मित्र कुलचन्द्र वाग्लेले उहाँ एक स्वाभिमानी व्यक्ति भएको भन्दै साहित्यका लागि जुनसुकै समयमा जे पनि गर्न तयार रहने व्यक्त भएको उल्लेख गर्नुभयो । 
 
“उहाँ एक अत्यन्तै सहयोगी स्वभावको भएकाले हरेक समय त्यसका लागि तत्पर हुुनुहुन्थ्यो । उहाँले अवधि साहित्यलाई समेत नयाँ उचाइमा पु¥याउनुभएको छ । उहाँका राजनीतिक लेखकका रुपमा आफूलाई परिचित बनाउनुभएको थियो”– वाग्लेले भन्नुभयो । 
 
गोरखापत्रका पत्रकार त्रिभुवनचन्द्र वाग्लेले स्व केवलले आफूले दिएको योगदानका दाँजोमा अत्यन्तै सरल व्यक्ति भएकाले उहाँप्रति सच्चा सम्मान गर्दै उहाँको स्मृतिमा जीवनी प्रकाशित गर्नुपर्नेमा जोड दिनुभयो । 
 
यसैबीच, आजै प्रजातान्त्रिक विचार समाजले विज्ञप्ति जारी गर्दै केवलप्रति श्रद्धाञ्जलि ज्ञापन गरेको छ । रासस 

Post Comment

More साहित्य

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award