साहित्य

हरिवहादुर किताव यात्रा चितवनमा हरिवहादुर किताव यात्रा चितवनमा
राजु थापा, बैशाख २०, कालिका
हास्यकलाकार हरिबंश आचार्यद्धारा लिखित  दोस्रो पुस्तक हरिवहादुरको किताव यात्रा शनिवार नारायणगढ आईपुगेको छ । फाइन प्रिन्ट द्धारा प्रकाशित पुस्तक हरिवहादुरको यात्रा संगै नेपालीहरुमा पुस्तक पढन्े वानीको विकास गर्ने उद्धेश्यले नेपालका विभिन्न शहरमा पुस्तक यात्रा गरिएको प्रकाशक निरज भारीले जानकारी दिनु भयो । 
शनिवार नारायणगढ आएको यात्रा टोलीले नारायणी नदी किनारमा हास्य कलाकार हरिबंश आचार्यले हास्य प्रहसन , अन्र्तवार्ता सहित पुस्तकमा हस्ताक्षर गर्नु भएके थियो । 
करिव १५ लाख अर्च लाग्ने अनुमान गरिएको किताव यात्रा नेपालको पोखरा, बुटवल,दाङ, सुर्खेत, कोहलपुर , घनगढी, र देवदहमा यस अधिनै कार्यक्रम भईसकेको छ भने आज नारायणगढ पछि विर्तामोड, धरान, विराटनगर र सिन्धुलीमा कार्यक्रम गरिने योजना रहेको छ । जेठ १३ गते शूरु भई  २५ गते सम्म गरिने  कार्यक्रममा हरिवहादुर पुस्तकलाई छुटमा विक्री गरिने बताईएको छ । छुटका साथ विक्री गरिएको पुस्तक खरिद कर्तालाई एनटिसिको  निशुल्क सिमकार्ड  समेत  प्रदान गरिएको थियो । यात्रामा रेडियो कर्मी सुमन कार्कीको समेत प्रस्तुती रहेको थियो । 
 

Post Comment

More साहित्य

Onair Now Onair Now

Kun Geet Sunau

Started at: 19:20 HRS

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award