साहित्य

साहित्यिक पत्रिका ‘आलोक’ सार्वजनिक
भक्तपुर, २६ माघ ।
प्रगतिशील लेखक सङ्घ भक्तपुरले प्रकाशन गरेको साहित्यिक पत्रिका ‘आलोक’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्राध्यापक डा जीवेन्द्रदेव गिरीले सो पत्रिकाको लोकार्पण गर्नुभएको हो । 
 
भक्तपुरको मध्यपुरथिमिस्थित चाणक्य कलेजमा आज आयोजना गरेको कार्यक्रममा पत्रिका लोकार्पण गर्दै डा गिरीले देशमा जस्तो साहित्यको क्षेत्रमा राजनीतिक भागबन्डा चल्न नहुने बताउनुभयो । साहित्यको क्षेत्रमा भागबन्डा नखोजी एकताबद्ध भएर समाज परिवर्तनका लागि साहित्यकारहरु एकजुट भएर लाग्नुपर्ने उहाँले जोडदिनुभयो । 
 
कार्यक्रममा प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य कृष्णमोहन जोशी, युवा गजलकार दिल्लीराम ढकाल, चाणक्य कलेजका प्रमुख चन्दनकृष्ण श्रेष्ठलगायतले साहित्यको माध्यमबाट संविधान निर्माणका लागि दबाब दिनुपर्ने औँल्याउनुभयो । रासस 

Post Comment

More साहित्य

Special Programs

Kalika Events

  • 12th Music Award