साहित्य

गणेश हिमालको काखमा साहित्य र गीत
थानापति९नुवाकोट० २५ माघ ।
शिरमा मनास्लु, गणेश र लाङटाङ हिमाल तथा गोसाइँकुण्ड तथा फेदीमा सुन जस्ता धान फल्ने थानसिंह फाँट र हरियाली वातावरणबीच स्रष्टाहरुले शनिबार कविता र गीत वाचन गर्दै थानापति साहित्यिक यात्रा सम्पन्न गरेका छन् । 
 
काठमाडौँ गङ्गबुँबाट बिहान २६ किमि उत्तरपश्चिम थानापति गाविस ९, काफलडाँडा शीतलपाटीमा पुगेका साहित्यकार एवं गायकले प्रकृति, संस्कृति, दैनिक जनजीवन, नैतिकता र राजनीति सबै विषयका कविता र गीत सुनाएर सहभागी गाउँबासीलाई मुग्ध पारे । सहभागी राजीनीतिज्ञ, प्रशासक, योगगुरु र ज्योतिषीले भने मुलुकको राष्ट्रिय स्वरुप र ग्रामीण भेकको सौन्दर्य र निश्छलतालाई जोगाउन आह्वान गरे । ‘संसाक’ साहित्यिक पाक्षिक तथा दीपज्योति आमावि गोगँबु, काठमाडौँले ‘चौथो थानापति साहित्यिक महोत्सव–२०७१’ आयोजना गरेर यो अवसर जुटाइदिएको थियो । 
 
कविहरूले मुलुकको एकीकृत स्वरूप र नेपाली पहिचाानको संरक्षण तथा शान्ति र समृद्धिमा जोड दिँदै महिला हिंसा र आत्महत्याको विरुद्ध, जाडाले पीडित तथा अन्यायले उत्पीडित जनताका पक्षमा अभिव्यक्ति दिनुभयो । सो अवसरमा राजधानीबाट जानुभएका मोदनाथ प्रश्रित, डा गार्गी शर्मा, डा रमेशचन्द्र अधिकारी, डा शैलेन्दुप्रकाश नेपाल, ज्योतिषी ओजराज लोहनी, प्रभा भट्टराई, भुवनहरि सिग्देल, दामोदर किशोर, श्याम रिमाल, श्यामबहादुर भावुक, विजयध्वज थापा, भैरवी ढुङ्गाना, शशी पण्डित, हरिमाया भेटवाल, द्रोण पराजुली, राजेन्द्र ढुङ्गाना, विश्व देवकोटा, श्रीहरि फुयाँल, राधेश्याम लेकाली र उदेश पाण्डे तथा शर्मिला थपलिया, कृष्ण मोक्तान, उत्तमराज भेटवाल, हरिप्रसाद पाठक, विपुल पाण्डेलगायतले आआफ्ना कविता र गीत पाठ गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय यमनराज पाण्डेले विभिन्न दलका नेताको वाचनशैलीको नक्कल गरेर मनोरञ्जन दिलाउनुभयो । गायिका भगवती भूमिकाले चेलीको दुःखको गीत गाएर महिलाहरुलाई रुवाउनुभयो भने इलामका द्रोण पराजुलीले इलामेली गीत गाएर मनोरञ्जन दिलाउनुभएको थियो । 
 
सभासद् डा प्रकाशशरण महतले नुवाकोटमा साहित्यिक एवं सांस्कृतिक जागरण फैलाउन आह्वान गर्नुभयो । संविधानसभा, प्रस्ताव समितिका सदस्य डा महत भन्दै हुनुहुन्थ्यो,“खेल खेल्न थालेपछि खेलको नियम सबैले मान्नुपर्छ, संविधान बन्नेबित्तिकै नेपाल समृद्धितिर लम्कन थाल्छ, यसमा कसैले भाँजो हाल्नु हुँदैन ।”उहाँका अनुसार सोही क्षेत्र भएर मध्यपहाडी९पुष्पलाल०राजगमार्ग र केरुङसम्म सुरुङ मार्ग बनाउने योजना पनि छ, यसले नुवाकोटलाई धेरै माथि लाने छ । त्यस्तै नेपाली काँग्रेसका स्थानीय नेता बाबुकाजी पाठक, गोविन्द थपलिया, नेकपा९एमाले०का स्थानीय नेता पदम थपलिया, ललितपुरका सहायक प्रजिअ होमनाथ थपलिया, स्थानीय जनज्ञान निकेतन क्याम्पसका प्रमुख ताराप्रसाद पाठक, योगप्रशिक्षक केदारनाथ पाठकले साहित्य, संस्कृतिका क्रियाकलाप गाउँघरमा गरी जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । 
 
महोत्सव संयोजक उमेश पाण्डेले भाषा, साहित्य र कलाको श्रीवृद्धिका साथै आन्तरिक एवं बाह्य पयर्टन प्रवद्र्धन गर्ने उद्देश्य रहेको महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । यसअघि विसं २०६०, ०६४ र ०६५मा यस्तै महोत्सव गरिएको थियो र स्थानीय जनज्ञान निकेतन माविका मा पुस्तकालय स्थापना गरी पुस्तक सङ्कलन गरिएको थियो ।‘संसाक’का सम्पादक तथा दीपज्योति आमावि, साहित्यिक क्लबका संयोजक पाण्डे भन्नुहुन्छ “गाउँका सबै विचारका मानिसलाई एकै ठाउँमा भेला गराउने र जागरण ल्याउने दुवै उद्देश्य सफल भयो, हामी यसलाई निरन्तरता दिनेछौँ । 
 
राजधानीबाट बाहिर निस्केर गाउँघरमा निस्कने हो भने ग्रामीण जनचेतना फैलने र स्रष्टाले पनि नयाँ ऊर्जा लिई यथार्थ साहित्य सिर्जना गर्न सहयोग मिल्ने कुरामा सहभागी सबै विश्वस्त भएका थिए । महोत्सवको ‘नुवाकोट एफएम’ले प्रत्यक्ष प्रसारण गरेको थियो । स्थानीय ग्राम्य वातावरणको मजा लिन राजधानीबाट हिँड्ने आन्तरिक पर्यटकलाई सेवा पु¥याउन अहिले सो ठाउँमा केही रिसोर्ट पनि बन्न थालेका छन् । माध्यमिककालीन कवि विद्यारण्यकेशरी अज्र्याल थानापतिसँगै जोडिएको सुनखानीमा जन्मेका थिए भने क्रान्तिकारी कवि तथा नाटककार गोपालप्रसाद रिमालको पुख्र्यौली थलो थानसिंह थियो । त्यस्तै आधुनिक कथाकार गुरुप्रसाद मैनाली स्थानीय रिठ्ठेचौर, कुनेखोलामै आइपुगेको बताइएको छ । रासस 

Post Comment

More साहित्य

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Kahyal Thatta

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award