साहित्य

थानापति साहित्यिक महोत्सव शनिबार
काठमाडौँ, २३ माघ । ‘संसाक’ साहित्यिक पाक्षिक तथा दीपज्योति आमावि गोगँबु, काठमाडौँको आयोजनामा नुवाकोटको थानापतिमा ‘चौथो थानापति साहित्यिक महोत्सव–२०७१’ शनिबार हुने भएको छ । 
 
थानापति–९ शीतलपाटी, काफलडाँडामा साहित्यकार मोदनाथ प्रश्रितको प्रमुख आतिथ्यमा हुने महोत्सवमा राजधानीका स्थापित तथा स्थानीय साहित्यकार गरी करिब ५० जना तथा नुवाकोटका राजनीतिज्ञ तथा सरकारका मन्त्रीहरुको सहभागिता हुने छ । 
 
गाउँघर साहित्यिक यात्राका रुपमा गरिने सो महोत्सवको भाषा, साहित्य र कलाको श्रीवृद्धिका साथै आन्तरिक एवं बाह्य पयर्टन प्रवद्र्धन गर्ने उद्देश्य रहेको महोत्सव संयोजक उमेश पाण्डेले बताउनुभयो । रासस

Post Comment

More साहित्य

Special Programs

Kalika Events

  • 12th Music Award