अन्तर्राष्ट्रिय

उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
सोल, २ वैशाख, रासस÷एएफपी
उत्तर कोरियाका नेता किम जोङ उनसँग चिनियाँ कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ नेताले राजधानी प्योङयाङमा भेटवार्ता गरेका छन् । 
 
उत्तर कोरियाको राजधानी प्योङयाङमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ नेतृत्वको टोलीले उनसँग भेटवार्ता गरेको हो । उक्त उच्चस्तरीय भेटका क्रममा दुई देशको आपसी सम्बन्धलाई बलियो बनाउने बारेमा छलफल भएको उत्तर कोरियाली समाचार समिति, केसिएनएले जनाएको छ । 
 
उत्तर कोरियाली नेता उनले केही हप्ता अगाडि चीनको अप्रत्याशीत भ्रमण गरी राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्नुभएको थियो । उहाँहरूको भेटवार्ताको विषयलाई लिएर अमेरिका लगायतका देशहरूले चासो व्यक्त गरेका थिए भने विश्वभर नै चर्चाको विषय बनेको थियो । 
 
पछिल्लो समयमा उत्तर कोरिया अन्तर्राष्ट्रिय सम्बन्ध विकासको काममा केही उदार देखिएको छ । आणविक क्षेप्यास्त्रको बारम्बार परीक्षणका कारण विश्व समुदायबाट अलग्गिएको उत्तर कोरिया यतिखेर भने भेटवार्ताको कूटनीतिमा अग्रसर भएको देखिएको चर्चा शुरु भएको छ । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award