अन्तर्राष्ट्रिय

सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
बेरुत, ३० चैत ९रासस÷एएफपी
सिरियाको द्वन्द्वग्रस्त क्षेत्र पूर्वी गुटाबाट त्यहाँ बाँकी रहेका विद्रोहीहरुले भारी सशस्त्र हातहातियारसहित आत्मसमर्पण गरेका मानव अधिकारवादीहरुले बिहीबार जानकारी दिएका छन् ।
 
‘जैस अल इस्लाम’ लडाकूहरुले डुमा सहरमा बुधबार रुसका सेना र प्रहरीसमक्ष आफ्ना भारी हातहतियारसहित समर्पण गरेका बताइएको छ । यी लडाकूहरु बुधबार साँँझ उत्तरी सिरियाली सहर डुमा आइपुगेका बेलायतसँग आवद्ध द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । गुटा सहर छोडेर गएका ती विद्रोहीहरु अन्यत्र कुन स्थानमा गएका हुन सो भने प्रप्ट भएको छैन् । 
 
विद्रोही छोडेको गुटा सहर भने सरकारी सुरक्षा अधिकारीहरले नियन्त्रणमा लिएका बताइएको छ । सिरियामा जारी द्वन्द्वको क्रममा गत पाँच बर्षयता सिरियाको राजधानी दमासकसपछि गुटा अन्त्यन्त युद्ध प्रभावित क्षेत्रमा पर्दछ । सिरियाको गुटा सरहमा केही दिन पहिले भएको रासायनिक हतियार आक्रमणमा परी सयौ सर्वसाधारणको मृत्यु भएको थियो ।
 
सरकारको तर्फबाट भएको यस रासायनिक हतियार आक्रमणको अन्तर्राष्ट्रिय जगतमा नै विरोध भएको थियो । सिरियामा सन् २०११ को मार्चमा सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको द्वन्द्व विभिन्न शिर्षक अझै पनि जारी रहेको छ । सो समयदेखि हालसम्म यस द्वन्द्वमा परी लाखौ व्यक्तिको मृत्यु भईसेकेको छ ।
 
लाखौ घाइते भएका छन भने, लाखौले आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् । 
 
छिट्टै निर्णय लिइने अमेरिकी राष्ट्रपतिको भनाई 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा गरिने सम्भाव्य सैन्य कारबाहीबारे छिट्टै निर्णय लिइने बताउनु भएको छ । सिरियामा सरकार र रुसको सहयोगमा भएको रासायनिक हमलाविरुद्ध कस्तो सैन्य कारबाही गर्ने भन्ने विषयमा ब्रिटेन र फ्रान्सका नेताहरूसँग छलफल भइरहेको ट्रम्पले बताउनु भएको छ । 
 
सिरियाको डुमामा भएको भनिएको रासायनिक हमलाको अमेरिका र पश्चिमा देशहरुबीच छलफल भईरहेको उहाँले बताउनु भएको हो । गतहप्ता सिरियामा भएका केही हमलाहरूमा रासायनिक हतियारको प्रयोग गरेको भन्दै संयुक्तराज्य अमेरिकालाई यस्तो क्रियाकलाप मान्य नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको हो । 
 
अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा क्षेप्यास्त्रहरू प्रहार गर्न सकिने भनि दिनु भएको चेतावनीको रुसले बदला लिने प्रतिक्रिया दिएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच पनि असमझदारी बढ्दै गएको छ । सिरियामा गएका केही समयदेखि जारी रहेको रासायनिक हतियार हमलामा रुसले सघाएको अमेरिकी आरोप छ । 
 
अमेरिकाका लागि रुसी राजदूत भसिली नेबेन्जियाले सिरियामा कुनै कारबाही भए अमेरिका र रूसबीच युद्ध हुने सम्भावना बढ्ने बताएका छन् । तर उनले युद्ध रोक्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि बताएका छन् । तर उता सिरियाली राष्ट्रपति बसर अल असदको सरकारले भने यस्ता कुनै रासायनिक हमलाको प्रयोग सिरियाली सैनिकले नगरेको दाबी गर्दै आएको छ । 
 
बिहीवार फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोंन सिरियाली सरकारले डुमामा रासायनिक हमला गरेको प्रमाण आफूसँग भएको बताउनु भएको थियो । बेलयातको मन्त्रिपरिषद्ले थप रासायनिक हमला रोक्न सिरियामा कारबाही गर्नु पर्ने आवश्यकतामा सहमति जुटाएको बताइएको छ । 
 
बेलायतका प्रधानमन्त्री थेरेसा मे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रासायनिक आक्रमणको जवाफ दिनु पर्नेमा एक मत रहनु भएको र उहाँहरु यस विषय निकट रहेर काम गर्ने समेत बताइएको छ । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award