अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका अर्का पूर्वराष्ट्रपतिलाई पनि भ्रष्टाचारको अभियोग दक्षिण कोरियाका अर्का पूर्वराष्ट्रपतिलाई पनि भ्रष्टाचारको अभियोग
सोल, २६ चैत ९रासस÷सिन्ह्वा
भ्रष्टाचारको अभियोगमा निवर्तमान राष्ट्रपति जेल गएको केही दिनमै दक्षिण कोरियामा अर्का पूर्व राष्ट्रपतिलाई पनि भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ । 
 
पूर्वराष्ट्रपति लि म्युङ बाकलाई सोमबार भ्रष्टाचार, कर छली र दुरुपयोगको अभियोगमा पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । सोलमा रहेको केन्द्रीय जिल्ला याधिवक्ताको कार्यालयले ‘अटो पार्टस्’ बनाउने डिएएस नामक कम्पनीको खास मालिक्ली नै भएको पत्ता लागेकाले उहाँलाई पक्राउ गरिएको जनाएको छ । 
 
यस विषयमा झण्डै तीन महिनादेखि गरेको अनुसन्धानबाट सो कम्पनीमा उहाँको संलग्नता र त्यहाँ भएको अनियमितता पुष्टि भएको अधिकारीहरुले बताएका छन् । लिको कम्पनी डिएएसले उहाँको प्रभावमा परेर अवैध रुपमा झण्डै तीन करोड २७ लाख अमेरिकी डलर दिलाएको पाइएको छ । 
 
सन् २०१३ देखि लिले पाँच वर्षसम्म उच्च सरकारी अधिकारीको रुपमा सो कम्पनीलाई सहयोग गर्दै आउनुभएको थियो । देशको सबै भन्दा ठूलो कम्पनीको रुपमा रहेको सामसुङ ग्रुपसँग उहाँले ५८ लाख ५० हजार अमेरिकी डलर घुस लिनुभएको न्यायाधिवक्ताको कार्यालयले अरोप लगएको छ ।
सामसुङ कम्पनीका सामानहरुलाई अमेरिका पठाउनका लागि भन्सार राजश्व छुट गराइदिन सो घुस उहाँले लिएको पाइएको अधिकारीले बताएका छन् । राजनीतिक तथा व्यावसायिक फाइदाका लागि लिले अन्य ठाँउहरुबाट पनि अरु लाखौं डलर घुस लिएको विश्वास गरिएको छ । 
 
लि राष्ट्रपति भएको बेलाका राष्ट्रपति कार्यालयका तीन हजार चार सय दुई ओटा फाइलहरु नियन्त्रणमा लिइएको छ । ती फाइलहरुमा उहाँ नै संलग्न भएको अनुमान गरिएको छ । नियन्त्रणमा लिइएका फाइल लिले गरेका अवैध कामसँग सम्बन्धित रहेको बताइएको छ । 
 
उहाँमाथि लगाइएको आरोप पुष्टि भएमा उहाँलाई कर छली, भ्रष्टाचार, सरकारी स्रोत साधन र शक्तिको दुरुपयोग गरेको अभियोगमा कारबाही हुने भएको छ । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award