- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
दक्षिण कोरियाली विशेषदूत उत्तर कोरिया जादै
सोल, २० फागुन ९रासस÷एएफपी
दक्षिण कोरियाका राष्ट्रपति मुन–जाए इनको विशेषदूतका रुपमा दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकारले उत्तर कोरियाको भ्रमण गर्नुहुने भएको छ ।
सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसलाई उद्धृतगर्दै दक्षिण कोरियाको सरकारी समाचार समिति, योनहापले आइतबार जनाएको छ । सो समाचार समितिले आइतबार सम्प्रेषण गरेको समाचारमा सोमबार नै पाँच सदस्यीय एक प्रतिनिधिमण्डलले उत्तरको भ्रमण गर्ने भएको छ । सो भ्रमणदलमा दक्षिण कोरियाको गुप्तचर विभागका प्रमुख पनि रहनुभएको बताइएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति इनका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ यी योङ्को नेतृत्वमा रहने पाँच सदस्यीय अधिकारीहरुको प्रतिनिधिमण्डल सो भ्रमण दलमा रहने उक्त समाचार समितिले जानकारी दिएको छ । उत्तर कोरियाले दुई देशबीच उच्चस्तरीय बैठकका लागि प्रस्ताव गरिसकेको छ । तर सो बैठक अहिले नै गर्नु अलिक चाँडो हुनसक्ने प्रतिक्रिया राष्ट्रपति इनले दिनुभएको थियो ।
हालैमात्र पनि उत्तर कोरिया दक्षिण कोरियासँग विनाशर्त वार्ता गर्न इच्छुक रहेको कुरा बाहिर आएको थियो । तर त्यस विषयमा दक्षिणको कुनै प्रतिक्रिया भने आएको छैन । यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ ।
यस खेलकूदको उद्घाटन र समापन समारोहका क्रममा उत्तर कोरियाले आफ्नो देशको तर्फबाट उच्चस्तरीय प्रतिनिधि दक्षिण कोरिया पठाएको थियो । ती प्रतिनिधिहरुबाट भएका वार्ता र भ्रमण आदानप्रदानबाट यी दुई देशबीच सम्बन्धमा सुधार आएको पाइएको समाचारमा जनाइएको छ ।
यसै खेलकूदका समयमा विकसित सम्बन्धका कारण उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलले अमेरिकी अधिकारीसँग पनि भेटवार्ता गर्न चाहेको समाचार पनि हालै सार्वजनिक भएको थियो । त्यसैगरी केही दिनअघिमात्र पनि दक्षिण कोरियाली राष्ट्रपति इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि फोनवार्ता भएको पनि समाचारमा आएको थियो ।
सो वार्ताका क्रममा कोरियाली राष्ट्रपति मुनले उक्त ओलम्पिक खेलकूद, त्यसको समापन, सो खेलकूदका कारण उत्तर र दक्षिण कोरियाबीच बढ्दो सम्बन्ध र पछिल्लो कार्यकारी तहका अधिकारीहटरुबीचको वार्तामा भएको प्रगतिका बारेमा जानकारी गराउनुभएको थियो ।
सो फोनवार्ताका क्रममा उहाँहरुबीच उत्तर कोरियालाई निशस्त्रीकरणका लागि सहमत गराउने र उसँग शान्तिवार्ताका लागि आवश्यक पहल गर्ने विषयमा पनि कुराकानी भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्युहाउसले भनेको छ ।
दक्षिण कोरियामा आयोजना भएको यस शीतकालीन खेलकूदका कारण उत्तर र दक्षिण कोरियाकासाथै उत्तर कोरियाको अरु देशसँगको सम्बन्धमा पनि सुधारको संकेत देखिएको अनुमान गरिएको छ ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





