- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
श्रीदेवीको अन्तिम संस्कार बुधबार अपराह्न हुदै
मुम्बइ, १६ फागुन,रासस÷एएफपी
गत शनिबार दुबइमा हृदयाघातका कारण मृत्यु भएको भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार बुधबार भारतीय सहर मुम्बइमा गरिने भएको छ ।
उहाँको अन्तिम संस्कार बुधबार अपराह्न चारबजे हुने भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अपराह्न २ बजेबाट शवयात्रा सुरुहुने भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । दुबइको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उहाँको पार्थिक शरीरलाई मङ्गलबार अबेर राति मात्र दुबइबाट मुम्बइ ल्याइएको थियो ।
मृत्यु स्वभाविक रुपमा भएको होइन भन्दै भारतीय एवम् अन्तर्राष्ट्रिय सञ्चारजगतमा नै आशङ्कासहितका समाचार प्रकाशन प्रशारण भएपछि उहाँको शव परिवारजनलाई जिम्मा लगाउन नै दुबइ अस्पतालले ढिला गरेको बताइएको थियो । सोमबार दुबइ सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’मा डुबेर भएको जानकारी गराएको छ ।
उहाँको पार्थिक शरीरलाई मुम्बइ ल्याएपछि भारतीय सिनेजगतका वरिष्ठ कलाकारहरुलगायत उहाँका शुभचिन्तकहरु श्रद्धाञ्जलिको लागि शव राखिएको स्थानमा पुगेका थिए । भारतीय चलचित्रजगत बलिउडका अभिनेता, अभिनेत्रीहरु, निर्देशक तथा निर्माताहरुले उहाँलाई श्रद्धाञ्जलि दिने क्रम जारी रहेको छ ।
यस क्रममा उहाँका शव राखिएको स्थानमा सुवाइ घाई, रेखा, विद्याबालन, तब्बु, अजय देवगण, काजोल, जया बच्चन, ऐश्वर्या राय, करण जोहर, सरोज खान त्यहाँ पुग्नुभएको थियो । त्यसैगरी श्रद्धाञ्जलि दिनका लागि आफ्ना श्रीमानको साथमा चर्चित नायिका माधुरी दीक्षित पनि सुरुमै त्यहाँ पुग्नुभएको थियो ।
त्यस्तै सुष्मिता सेन, जयाप्रदा, फराह खान, महिमा चौधरी, अक्षय खन्ना, पे्रम चोपडा, आफ्नी छोरी एशा देओलका साथमा अभिनेत्री हेमा मालिनीलगायत सयाँै कलाकर्मी रुपकी रानी श्रीदेवीप्रति श्रद्धाञ्जलि अर्पणगर्न उहाँको शव राखिएको मुम्बइको एक स्थानीय क्लबमा पुग्नु भएको छ ।
चर्चित अभिनेत्री श्रीदेवीको गएको शनिबार राति निधन भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति हृदयाघातका कारण उहाँको मृत्यु भएको जनाइएको छ । राजकीय सम्मानका साथ उहाँको अन्त्येष्टि गरिने भारत सरकारले जनाएको छ । उहाँ भारतको उच्च पदक मानिने पद्मश्रीबाट सुशोभित हुनुहुन्थ्यो ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





