- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
उत्तर कोरियाली टोलीद्वारा दक्षिण कोरियाली उच्च अधिकारीसँग भेटवार्ता
सोल, १४ फागुन ९रासस÷सिन्ह्वा
तेइसौं शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी टोलीले दक्षिण कोरियाका एकजना उच्च अधिकारीसँग भेट गरेको छ ।
उत्तर कोरियाको सत्तारुढ दल वर्कसर्् पार्टी अफ कोरियाको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोलको नेतृत्वमा रहेको उक्त उच्चस्तरीय टोलीले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेटवार्ता गरेको हो । उपाध्यक्ष किम आइतबार राति सम्मपन्न शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन उत्तर कोरिया पुग्नुभएको हो । दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले सोमबार सो समाचार दिएका छन् ।
यस भ्रमण तथा भेटवार्ताले दुइ देशबीचको सम्वन्ध आगामी दिनमा सुधार हुने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि उक्त खेलकूदको उद्घाटन समारोहमा उत्तर कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको थियो । नाम उत्तर कोरियाको संसदका प्रमुख हुनुहुन्छ ।
उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि सहभागी हुनुहुन्थ्यो । उहाँले दक्षिण कोरियाका राष्ट्रपतिलाई भेटेर आफ्ना दाजुको तर्फबाट उत्तर कोरियाको भ्रमणका लागि निमन्त्रणा पनि दिनुभएको थियो । लामो समयपछि भएका यी उच्चस्तरीय भ्रमणलाई अन्तरराष्ट्रिय जगतमा महत्वका साथ हेरिएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति इनका राष्ट्रिय सुरक्षा सल्लाहकार चोङ यु योङले सोमबार उत्तर कोरियाली नेता किमको सम्मानमा दिवाभोजको पनि आयोजना गर्नुभएको थियो । सो भोजका क्रममा उहाँहरुबीच छोटो कुराकानी पनि भएको थियो । त्यस कुराकानी के विषयमा भएको थियो भन्ने बारेमा भने ती सञ्चारमाध्यमहरुले केही बताएका छैनन् ।
उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तरराष्ट्रियरुपमा आलोचना भएको छ । यसै कारण पनि यी दुई देशबीचको सम्बन्ध पछिल्लो समयमा बिग्रिएको छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ । तर यो ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट भने सम्बन्धमा पछिल्लो समयमा केही सधार आएको महसुश गरिएको बताइएको छ ।
उता यसै खेलकूदका समयमा यस महिनाको सुरुवातमा आएको उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलले अमेरिकी अधिकारीसँग पनि भेटवार्ता गर्न चाहेको समाचार पनि सोमबारै सार्वजनिक भएको छ । तर उनीहरुबीच दक्षिण कोरियामा भेटवार्ता भने भएको थिएन । यस खेलकूदका कारण उत्तर र दक्षिण कोरियाकासाथै अरु देशहरुसँगको सम्बन्धमा पनि केही सुधारका लागि सहयोग पुगेको अनुमान गरिएको छ ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





