अन्तर्राष्ट्रिय

इजिप्टमा स्रोह्र र काश्मिरमा छ जनाको मृत्यु इजिप्टमा स्रोह्र र काश्मिरमा छ जनाको मृत्यु
कायरो÷नयाँदिल्ली, २८ माघ ९रासस÷सिन्ह्वा
इजिप्ट र भारत नियन्त्रित काश्मिरमा भएका छुट्टा छुट्टै सुरक्षा कारबाही र भिडन्तका क्रममा कम्तीमा २२ जनाको मृत्यु भएको छ । इजिप्टको उत्तरी र मध्य सिनाईमा सरकारी सुरक्षाकर्मीले गरेको सुरक्षा कारबाहीमा परी १६ जनाभन्दा बढी लडाकूहरु मारिएका छन् । 
 
आतङ्कवादीविरुद्धको मुख्य कारबाहीका क्रममा अन्य चार जनालाई गिरफ्तार पनि गरिएको इजिप्टको सेनाले आइतबार प्रकाशित गरेको विज्ञप्तिमा जनाइएको छ । सुरक्षाकर्मीले ११ वटा सवारी साधन, ३१ वटा मोटरसाइकल, केही विस्फोटक पदार्थ र अन्य हातहतियारसमेत नियन्त्रणमा लिएका छन् । 
 
त्यसैगरी भारत नियन्त्रित काश्मिरमा रहेको एउटा सैन्य कार्यालयमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या आइतबार छ पुगेको छ । लडाकूहरुले गरेको आक्रमणबाट मारिनेमध्ये पाँच जना सैनिक रहेका छन् भने एक जना सैनिकका बुवा रहेका छन् । 
 
त्यस क्रममा चार जना लडाकू पनि मारिएको सैन्य अधिकारीले दाबी गरेको समाचारमा जनाइएको छ । घटनामा परी कुल ११ घाइते भएकोमा चार जना सैनिक र सात जना आमनागरिक रहेका छन् । 

Post Comment

More अन्तर्राष्ट्रिय

Special Programs

Kalika Events

  • 12th Music Award