- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
ढाका, २६ माघ ९रासस÷सिन्ह्वा
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई यहाँको सर्वोच्च अदालतले बिहीबार भ्रष्टाचारी ठहर गरेपछि उहाँका समर्थकहरुले राजधानी ढाकामा विरोध प्रदर्शन थालेका छन् ।
उहाँलाई बिहीबार पाँच वर्षको जेल सजायको फैसला भएको थियो । सो फैसलाको विरोधमा बङ्गलादेशको राजधानी ढाकामा उहाँका समर्थकहरुले आन्दोलन थालेका बताइएको छ । जिया ७२ वर्षको हुनुहुन्छ । जियामाथि बालबालिकासम्बन्धी एउटा परोपकारी कोषको रकम हिनामिना गरेको आरोप थियो । तर उहाँले यो आरोपको खण्डनगर्दै आउनुभएको थियो ।
सो फैसलापछि राजधानी ढाकामा उहाँका समर्थकहरुले अदालत र सरकारका विरुद्ध आन्दोलन गरेका छन् । उनीहरुले जियामाथि राजनीतिक प्रतिशोधका आधारमा फैसला गरिएको भन्दै उनीहरुले प्रदर्शन गरिरहेका छन् ।
शुक्रबार पनि बिहानैदेखि ढाकामा विरोध प्रदर्शनहरु सुरु भएका छन् । प्रहरीले अश्रु ग्याँस प्रयोग गरेर जियाका हजारौँ समर्थकलाई तितरबितर पारेको थियो । उता हिजो नै फैसला सुनाउने समयमा पनि ढाकास्थित अदालतमा कडा सुरक्षा अपनाइएको थियो ।
बङ्गलादेशको पूर्व प्रधानमन्त्री उहाँलाई लागेको भ्रष्टाचारको अरोपमाथि विगत लामो समयदेखि सुनुवाई जारी रहेको थियो । सो मुद्दामा बिहीबार भएको अन्तिम सुनुवाइमा अदालतले उहाँलाई पाँच वर्षको जेल सजाय फैसला गरेको हो ।
यो मुद्दामा भएको सुनुवाइपछि उहाँले यसै वर्षको अन्त्यतिर हुन लागेको संसदीय चुनावमा पनि भाग लिन नपाउनुहुने भएको बङ्गलादेका कानुनी क्षेत्रका अधिकारीहरुले जनाएका छन् । उहाँले आफूविरुद्धका आरोपहरु राजनीतिक रुपमा प्रेरित रहेको भन्दै विगतदेखि नै आपत्ति जनाउदै आउनुभएको थियो । यो फैसलापछि पनि उहाँले सो प्रतिक्रिया दिनुभएको बताइएको छ ।
उहाँका विरुद्धमा अरु पनि कैयौँ मुद्दाहरु अदालतमा थाती रहेका छन् । पछिल्लो मुद्दा जियाविरुद्ध थाती रहेका दर्जनौँ मुद्दामध्येको एक भएको पनि समाचारमा जनाइएको छ । हिजो उहाँका विरुद्धमा फैसला सुनाउदा कडा सुरक्षा व्यवस्था अपनाइएको थियो । बङ्गलादेशको भ्रष्टाचार हेर्ने विशेष अदालतका न्यायाधीश मोहम्मद अख्तारुज्जमानले बिहीबार सो फैसला गर्नुभएको हो ।
उक्त फैसलामा अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहितका अरु पनि पाँच जनालाई पनि दश वर्षको जेल सजाय सुनाएको छ । उक्त भ्रष्टाचार मुद्दामा उनीहरु पनि संलग्न भएको पाइएको अदालतको फैसलामा उल्लेख छ ।
उहाँले अहिलेको फैसलाका विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन दिनसक्ने बताइएाके छ । उहाँका अधिवक्ताले यस विषयमा शुक्रबार नै निर्णय गरिने बताएका छन् । जियासहित पाँच जनाविरुद्ध सन् २००८ को जुलाइमा भ्रष्टाचारसम्बन्धी उक्त मुद्दा दर्ता भएको थियो । सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बन्नुभएको थियो ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





