- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
सोल, २६ माघ,रासस÷सिन्ह्वा
दक्षिण कोरियामा शुक्रबारबाट सुरुहुन लागेको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा सहभागिताका लागि उत्तर कोरियाली उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया पुगेको समाचार छ ।
उत्तर कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल शुक्रबार दक्षिण कोरिया पुगेको छ । नाम उत्तर कोरियाको संसदका प्रमुख हुनुहुन्छ । उहाँ विगत निकै लामो समयपछि दक्षिणको भ्रमणगर्ने उत्तर कोरियाली एक उच्च सरकारी अधिकारी हुनुहुन्छ । उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि हुनुहुन्छ ।
नाम नेतृत्वको प्रतिनिधिमण्डल बोकेको विमान शुक्रबार बिहान दक्षिण कोरियाको पश्चिमी बन्दरगाह सहर इन्चोनको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सेतो रङ्गको जेट विमान शुक्रबार सो विमानस्थलमा अवतरण गरेको यहाँका राष्ट्रिय टेलिभिजनहरुले श्रव्यदृश्य प्रशारण गरेका समाचारमा जनाइएको छ ।
सो विमानस्थलमा उक्त विमान अवतरण गर्दा सुरक्षा व्यवस्था अघिल्लो समयको भन्दा कडा बनाइएको थियो । ठूलो संख्यामा सुरक्षाकर्मी तथा हवाई उड्डयन क्षेत्रका अधिकारीहरु सो विमानस्थलमा उपस्थित थिए ।
उत्तर कोरियाको राष्ट्रिय झण्डा राखिएको उक्त विमानमा उत्तर कोरियाली नेता नामको साथमा अन्य तीनजना उच्च सरकारी अधिकारी र १८ जना सहयोगी कर्मचारी संलग्न रहेको जानकारी दक्षिण कोरियाली एकता मन्त्रालयले दिएको छ ।
उक्त प्रतिनिधिमण्डल आइतबारसम्म यहाँ रहने छ । उनीहरूले दक्षिण कोरियाको भ्रमण थाल्ने कुराको जानकारी उत्तर कोरियाको सरकारी निकायले यसअघि नै औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।
यति उच्च तहमा दक्षिण कोरियाली अधिकारी दक्षिण कोरिया पुगेकोले त्यहाँ राजनीतिक भेटघाट पनि हुनसक्ने समाचारहरु आइरहेका छन् । तर यस विषयमा भने उत्तर कोरियाले केही बताएको छैन ।
राष्ट्रिय एकता मन्त्रीद्वारा स्वागत
उत्तर कोरियाली उक्त उच्चस्तीय प्रतिनिधिमण्डललाई दक्षिण कोरियाली एकतामन्त्रीले स्वागत गर्नुभएको जनाइएको छ । दक्षिण कोरियाली एकतामन्त्री चो म्योङ गियोन उक्त प्रतिनिधिमण्डलको स्वागतका लागि विमानस्थल पुग्नुभएको थियो ।
मन्त्री च्यो, उपमन्त्री चुन हाउसुन, दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका सुरक्षा उपनिर्देशक नाम ग्यानपो पनि उहाँहरुको स्वागतका लागि उक्त विमानस्थलमा पुग्नुभएको एकता मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
विदेशीहरुको स्वागतका लागि दिने उच्चस्तरीय सम्मान दक्षिण कोरियाले दिएको बताइएको छ । मन्त्रीस्तरका व्यक्ति विमानस्थलमा पुगेर गरिएको यो स्वागत उच्चस्तरीय रहेका पनि बताइएको छ ।
यस खेलकूदको शुक्रबार उद्घाटन हुदैछ । त्यसैगरी उक्त शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा दुई कोरियाका खेलाडीहरूले एउटै झण्डामुनि ‘मार्च’ गर्नेछन् ।
उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तर्राष्ट्रियरुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ ।
उक्त कटुतापूर्ण सम्बन्धलाई सुधारका रुपमा विकासगर्ने सुविधा यसै खेलकूदबाट प्राप्त हुनसक्ने भएकोले उत्तर कोरियाको आणविक होडको अवस्थामा सुधार ल्याउन सकिने अपेक्षा पनि विश्व समुदायले गरेको विश्लेषण गरिएको छ ।
अमेरिकासँग वार्ता हुदैन– उत्तर कोरिया
यसैबीच ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरियामा रहदा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग द्विपक्षीय वार्ता नगर्ने स्पष्ट गरेका छन् । दक्षिण कोरियामा भेटवार्ताका सम्बन्धमा कुनै पूर्व तयारी र सम्भावना पनि नरहेको उत्तर कोरियाले स्पष्ट गरेको बताइएको हो ।
शुक्रबारदेखि दक्षिण कोरियामा सुरुहुन लागेको शीतकालीन ओलम्पिक खेलकूदकका लागि उत्तर कोरियाका उच्च सरकारी अधिकारी त्यहाँ गएका छन् । यस खेलकूदमा चीन र अमेरिकी राष्ट्रपतिहरुले पनि आफ्ना प्रतिनिधि पठाउने भएका छन् । यस क्रममा ती देशका प्रतिनिधिहरुसँग उत्तर कोरियाली अधिकारीले पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको थियो ।
तर पनि सो सम्भावनालाई उत्तर कोरियाले नकारेको समाचारमा जनाइएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयलाई उद्धृतगर्दै यहाँको एक दैनिक पत्रिकाले भनेको छ– उत्तर कोरियाले अमेरिकासँग भेटवार्ता गर्ने कुनै पनि सम्भावना छैन, त्यो तयारी पनि हामीले गरेका छैनौँ ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





