अन्तर्राष्ट्रिय

प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड प्योङयाङमा उत्तर कोरियाको सैनिक परेड

सोल, २५ माघ ९रासस÷एएफपी

उत्तर कोरियाले बिहीबार राजधानी प्योङयाङमा सैनिक परेड प्रस्तुत गरेको छ । दक्षिण कोरियाले सो समाचार दिएको फ्रान्सेली समाचार समिति, एएफपीले जनाएको छ । 

यता दक्षिण कोरियामा शुक्रबारदेखि शीतकालीन ओलम्पिक खेलकूद सुरु हुन लागेको छ । उक्त ओलम्पिक खेलकूद उद्घाटनको अघिल्लो दिन शुक्रबार राजधानी प्योङयाङमा उत्तर कोरियाले सैनिक परेड प्रस्तुत गरेको समाचारमा जनाइएको छ । 

यस्ता सबैजसो सैनिक क्रियाकलापहरुको प्रत्यक्ष प्रशारण गर्ने गरेको उत्तर कोरियाको राष्ट्रिय टेलिभिजन प्रशारणले पनि यस दृश्यको भने प्रशारण गरेको छैन । दक्षिण कोेरियाको समाचार स्रोतले भन्यो– हामीलाई यो कुरा जानकारीमा आएको छ कि उत्तर कोरियाले बिहीबार बिहान प्योङयाङमा सैनिक परेड प्रस्तुत गरेको छ । 

बिहीबार बिहान १० बजेदेखि राजधानी प्योङयाङको किम इल सुङ स्क्वायरमा उत्तर कोरियाली ठूलो संख्याका सैनिकले यस्तो परेड प्रस्तुत गरेका दक्षिण कोरियाली समाचार स्रोतले जानकारी दिएको छ । 

यस विषयमा उत्तर कोरियाले भने कुनै सार्वजनिक जानकारी दिएको छैन । उसले यसअघि नै आलम्पिकको पूर्व सन्ध्यमा सैनिक परेडको आयोजना गर्ने घोषणा गरेको थियो । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Bhakti Sudha

Started at: 04:05 HRS

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award