- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
चीनले सामाजिक सञ्जाललाई अस्त्रिकरण गर्ला रु
अन्तरराष्ट्रिय आलेख सेवा,केन्ट ह्यारिङ्टन
अहिले रसियाले साइबर प्रयोग तथा प्रविधिको माध्यमबाट कसरी स्थापित प्रजातन्त्रलाई प्रभावित पार्न सकिन्छ देखाइराखेको छ । चीनले पनि क्रेमलिनको खेलका केही पानालाई पक्कै ग्रहण गर्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आन्तरिक स्थायित्व कायम गर्ने र अन्तरराष्ट्रियस्तरमा चम्किरहेको चीनको छविलाई जोगाउने चीन सरकारको नीति रहेको बताउनुभएको छ ।
एटलान्टा, २४ माघ ९रासस० ः सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको हस्तक्षेप भएको भन्ने आरोपसँगै यूरोपेली अधिकारीले पनि यस्तै भूमिकाको खोजी गरिरहेका छन् । तर यस खालका कुरामा ध्यान दिनेमा यूरोपेली मात्र छैनन् । चीनका नेता पनि क्रेमलिनको सफलताबाट के सिक्न सकिन्छ भनेर सोचिरहेका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङलाई आन्तरिक स्थायित्व कायम गर्नु उच्च प्राथमिकताको बिषय हो । यो बिषयले चीनको बार्षिक बजेटमा आन्तरिक सुरक्षालाई महत्व दिएको छ । औपचारिक बजेटमा कम देखाइए पनि चीनले एक सय अर्ब अमेरिकी डलरभन्दा बढी बजेट आन्तरिक सुरक्षाका लागि छुट्ट्याएको छ । अनुसन्धान र विकासलगायतका नदेखिने खर्च वा प्रतिरक्षा खर्चमा त बजेटको वास्तविक राशि योभन्दा धेरैले बढी छ ।
उदाहरणका लागि चीनले सामाजिक सञ्जालदेखि क्रेडिट कार्डबाट हुने खर्चलाई अनुगमन गर्न प्रविधिको ज्ञान र ठूला तथ्याङ्क कसरी प्रयोगगर्ने अध्ययन गरिरहेको छ र चीनले सबै नागरिकलाई सामाजिक विश्वसनीयताको मूल्याङ्कन गर्न र सम्भावित समस्याका कडीलाई खोज्न प्रविधिको दायरा अघि बढाउने योजना सारेको छ ।
सरकारको अरेवियन रणनीतिअनुसार सामाजिक सञ्जालमा के भनियो भन्ने बिषयलाई नियन्त्रण गर्ने मात्रभन्दा राज्य तथा यसको वरपर कसरी सूचना प्रवाह भइरहेको छ भन्ने बिषयलाई महत्व दिइने गरेको छ ।
यसबाहेक सरकारले प्रविधिजन्य कम्पनीलाई कडा नयाँ कानून र साइबर सुरक्षा अनुसन्धानको दायरामा ल्याइरहेको छ । सीका लागि क्रेमलिनले फेसबुक तथा ट्वीटरलाई दुरुपयोग गरेजस्तै गर्ने सहजताका लागि सामाजिक सञ्जालमा चीनको राम्रो पकडहुुनु जरुरी छ । चीन सरकार विच्याट, वैवो र टेनसेन्टजस्ता कम्पनीका समितिमा स्थान पाउन र यी सामाजिक सञ्जालका प्रयोगकर्ताको व्यक्तिगत तथ्याङ्कमा पहँुच बनाउन प्रयत्नशील छ ।
चिनियाँ साइवर गुप्तचरले रसियाको सफलतालाई पनि अध्ययन गरिरहेका छन् । वास्तविकता के हो भने चिनियाँ ‘ह्याकर’सँग प्राविधिक ज्ञानको कमी छैन । उनीहरूले अमेरिकाको राष्ट्रपतीय निर्वाचन अभियानमा साइवरको हस्तक्षेप गरे, तिब्बती आन्दोलन तथा उइघुर आन्दोलनका सहभागी विरुद्ध घुसपैठ गरे । चीनका जानकार पश्चिमा विचारक तथा विश्वविद्यालयलाई आफू अनुकुल बनाए । उनीहरूले चिनियाँ नेताको सम्पत्तिका बिषयमा छापिएका आकर्षक पश्चिमा समाचार समाग्रीलाई ह्याक गर्न सफल भए । अझै चिनियाँहरूले रसियाली सुगठित सेनाबाट केही सिक्नुपर्ने हुनसक्छ ।
त्यसैगरी पिपुल्स लिबरेसन आर्मी ९पिएलए०का रणनीतिक विज्ञ आफ्नै साइवर युद्ध–नीतिका बारेमा क्रेमलिनको शिल्पकला सिक्न लागिपरेका छन् । चिनियाँ रणनीतिज्ञले ‘राजनीतिक कल्याण’का लागि राजनीतिक, सामाजिक तथा आर्थिक संघसंस्थालाई र खासगरी सञ्चारमाध्यमलाई लक्षितगरी रणनीति बनाइरहेका छन् । यसका लागि रसियाली राज्यद्वारा लगानी गरेका आरटी र स्पुटनिकले दिनेजस्ता भ्रामक समाचार र षड्यन्त्रमूलक सिद्धान्त चीनका लागि शिक्षाप्रद हुनसक्छ ।
यसबाहेक चीनको साइवर क्षमतालाई फैलाउन राष्ट्रपति सीले चीनको सफ्टवेयर क्षमतालाई आर्थिक, सामाजिक, सांस्कृतिक तथा सञ्चारमाध्यमको पहलमा विकास गरिरहेका छन् । उनले ती कार्यक्रमलाई अझै सुरु गरेको त पाइदैन तर यसका लागि आवश्यक तयारी गरेको प्रष्ट देख्न सकिन्छ । केही समय पहिले अष्ट्रेलियाको राजनीतिमा हस्तक्षेप गरेको भनी आएका समाचारलाई लिन सकिन्छ । गतवर्ष एक जना चिनियाँ अर्बपतिसँगको सम्बन्धका कारण अष्ट्रेलियाली एक विधायकलाई राजिनामा दिन बाध्य पारिएको थियो ।
चीनले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उसको उपस्थितिलाई विस्तार गरेको छ । केही आँकलनहरूले चीन सरकारले नयाँ सञ्चारमाध्यम तथा प्रशारण सामग्रीमा प्रत्येक वर्ष करिब सातअर्ब लगानी गर्ने गरेको बताइन्छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले विश्वभर १७० जति शाखामार्फत् विभिन्न आठ भाषामा समाचार छाप्ने गरेको छ । चिनियाँ केन्द्रीय टेलिभिजन ९सिसीटिभी० का ७० वटा विदेशी कार्यालय छन् जसले विभिन्न छ भाषामा विश्वका १७१ देशमा समाचारको पहूँच पु¥याएको छ । चाइना रेडियो इन्टरनेशनल बीबीसीपछि विश्वको सबैभन्दा ठूलो रेडियो प्रशारण सेवा बनेको छ । यसले विश्वभर ९० रेडियो स्टेशनमार्फत विभिन्न ६४ भाषामा समाचार प्रशारण गर्छ ।
हुनत यी कुनैपनि सञ्चारमाध्यम अन्तर्राष्ट्रिय समाचारको प्रमुख स्रोतका रूपमा स्थापित बनिसकेका छैनन् तर मध्यपूर्व तथा अफ्रिकालगायतका क्षेत्रका मानिसलाई सूचना दिने महत्वपूर्ण स्रोतका रूपमा यी सञ्चारमाध्यमले चीनको विचार प्रस्तुत गर्ने गरेका छन् । जसका कारण चीनप्रति सहानुभूति राख्ने जनसङ्ख्यामा विस्तार भएको छ ।
चीनले अष्ट्रेलियाली, अमेरिकी तथा यूरोपेली पत्रिकामा ‘स्वदेशी विज्ञापन’ दिने गर्छ । यसले चीनलाई साउथ चाइना सीजस्ता विवादास्पद विषयमा लेखकको आधिकारिक भनाइ राख्ने स्थान प्राप्त भएको छ ।
सीले सिनेमा तथा आम मनोरञ्जनका सामग्रीमा लगानी गर्ने बिषयमा सहमति दिएर चीनको रीतिरिवाजलाई विश्वभर चिनाउन अग्रसरता देखाएका छन् । अलिबाबा, टेन्सेन्ट, होनी क्यापिटल तथा सरकारी चिनियाँ इन्टरनेट तथा वित्तीय कम्पनीले अमेरिकी सिनेमा क्षेत्रमा दशौँ अर्ब अमेरिकी डलर लगानी गरेका छन् । यसरी चीनले विश्व अर्थबजारमा आफ्नो प्रवेशलाई सहज बनाउँदै आफ्नो सञ्जाललाई विश्वभर फिजाउन सफल भएको छ ।
यसले प्रष्ट प्रश्न उब्जाएको छ कि यदि रसियाले कुनै यस्ता निकट व्यावसायिक सम्बन्ध विना नै अमेरिकी निर्वाचनलाई प्रभाव पार्न सक्छ भने आगामी केही बर्षमा चीनले के गर्न सक्ला रु चीनको चासो खाली व्यापार र नाफामा मात्र छ भन्ने सोच्नु हालै हलिउडका एकजना प्रबन्धकले भनेझैँ साह्रै खतरनाक र सिधापन बाहेक केही हुने छैन ।
९केन्ट ह्यारिङ्टन अमेरिकी गुप्तचर संस्था, सिआइएका पूर्व वरिष्ठ विश्लेषक हुनुहुन्छ । उहाँले पूर्वी एसियामा नेशनल इन्टिलिजेन्स अफिसर, एसियाको स्टेसन प्रमुख र सिआइएको सार्वजनिक सम्बन्ध विभागका निर्देशकका रूपमा सेवा गर्नुभएको थियो ।० प्रोजेक्ट सिन्डीकेट÷अनुवादः दिलीप प्रसाद शर्मा
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





