अन्तर्राष्ट्रिय

यस्ता हतियार प्रयोग गरिएको छैन–सिरिया
यसैबीच सिरिया सरकारले विद्रोहीका विरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको भनी आएको समाचारको खण्डन गरेको छ । 
 
अमेरिकाले सिरियाली सेनाले देशको पूर्वीघटुल क्षेत्रका साथै पछिल्लो समयमा इडलिब र हामामा पनि विद्रोही विरुद्धको कारबाहीका क्रममा मानवस्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो । 
 
सिरियाली विदेश मन्त्रालयले हालैमात्र पनि एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले लगाएको सो आरापको खण्डन गरेको छ र आफूहरुले यस्ता हतियारको प्रयोग नगरेको स्पष्ट गरेको छ । 
 
सिरियाले त्यहाँका विद्रोही र विपक्षीलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारको प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन् । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

OFFLINE

 

Up Next

Namaste Kalika

Starts at: 07:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award