- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
घातक हतियार प्रयोग गरेकोमा राष्ट्रसंघीय महासचिवद्वारा सिरियाको निन्दा
संयुक्त राष्ट्रसंघ, २४ माघ,रासस÷सिन्ह्वा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले सिरिया सरकारले विद्रोहीहरुका विरुद्ध जारी राखेको भनिएको कारबाहीका क्रममा आफ्नो देशमा घातक एवम् रासायनिक हतियार प्रयोग गरिएकोमा आपत्ति जनाउनुभएको छ ।
उहाँले यस्तो कार्य मानवीय आधारभूत अधिकारका विरुद्धको कार्य भन्दै नागरिकको बाच्न पाउने अधिकारको हनन् मात्र नभएर उनीहरुमाथि यस्तो हतियारको प्रयोग गर्नु भनेको पनि जघन्य अपराध हो भन्नुभएको छ । गत हप्तामात्र पनि अमेरिकाले सिरियाली सेनाले यस्ता हतियारको गरिरहेको भन्दै यदि अनुसन्धानबाट यस्तो पाइएमा सिरियामाथि युद्धअपराधमा कारबाही हुने बताएको थियो । तर यस आरोपको सिरियाको सरकारले भने खण्डन गरेको थियो ।
अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घटुल क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानवस्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो । सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरुलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारहरुको प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन् ।
महासचिव गुथ्रेसका प्रवक्ता फराह हकद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा सिरियाली सरकारले सेनाले पछिल्लो समयमा जारी राखेको सिरियाली उत्तरी प्रान्त इडलिबलगायतमा यस्ता घातक हतियारको प्रयोग गरिरहेको सूचना आफूहरुलाई प्राप्त भएको जनाइएको छ । यदि यस्ता हातहतियारको प्रयोगको बारेमा सिरियामाथि हदैसम्मको कारबाही गरिने पनि महासचिव गुथ्रेसले जनाउनुभएको सो विज्ञप्तिमा जनाइएको छ ।
सिरियाली सरकारले गत डिसेम्बरयता यहाँको उत्तरी क्षेत्र हामा र दक्षिणी इड्लिबमा बढी आक्रमण गरेको बताइएको छ । जसका कारण यी क्षेत्रबाट मात्र साढे दुई लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन् । राष्ट्रसंघको शरणार्थीसम्बन्धी सहायता निकायले दक्षिणी इड्लिब र उत्तरी हामामा गत डिसेम्बर १५ यता भएको हवाई हमला र काबारहीका कारण २ लाख ७० हजारभन्दा बढी सिरियाली विस्थापित भएका छन् ।
ती क्षेत्रमा जारी कारबाहीका क्रममा अरु पनि कैयौँ नागरिक मारिएका छन् । उनीहरुमा यस्ता घातक हतियारको प्रयोग भएको पाइएको पनि अधिकारीहरुले जनाएका छन् । यद्यपि त्यस विषयमा अनुसन्धान भने जारी रहेको छ । सिरियामा गएको करिब सात वर्षदेखि जारी हिंसा अझै रोकिएको छैन । यहाँ गृहयुद्ध जारी छ । जसले गर्दा यहाँका तीन लाखभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रुपमा बाँच्नु परिरहेको अवस्था छ ।
संयुक्त राष्ट्रसंघले जनाएअनुसार देशभित्रै आन्तरिक शरणार्थीका रुपमा बसिरहेकाहरु देशको उत्तरपश्चिमी क्षेत्रबाट अन्यत्र सरेका छन् । विस्थापितमध्ये धेरैजसो परिवारहरू अस्थायी पालमा बाँचिरहेका बताइएको छ । उता सिरियाको सरकारी फौजले त्यहाँका विभिन्न स्थानमा विपक्षी विद्रोहीहरुका विरुद्ध हवाई आक्रमणहरू थालेपछि पछिल्लो समयमा विस्थापित हुनेहरुको सङ्ख्या झन बढेको छ ।
यस्ता हतियार प्रयोग गरिएको छैन–सिरिया
यसैबीच सिरिया सरकारले विद्रोहीहरुका विरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको भनी आएको समाचारको खण्डन गरेको छ ।
अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घटुल क्षेत्रका साथै पछिल्लो समयमा इडलिब र हामामा पनि विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानवस्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो ।
सिरियाली विदेशमन्त्रालयले हालैमात्र पनि एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले लगाएको सो आरापको खण्डन गरेको छ र आफूहरुले यस्ता हतियारहरुको प्रयोग नगरेको स्पष्ट गरेको छ ।
सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरुलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारहरुको प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन् ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





