अन्तर्राष्ट्रिय

कारबाहीमा तालिवानको तालीमकेन्द्र ध्वस्त, दश तालिवान मारिए कारबाहीमा तालिवानको तालीमकेन्द्र ध्वस्त, दश तालिवान मारिए

काबुल, २३ माघ ९रासस÷सिन्ह्वा

अफगान राष्ट्रय सैनिकले तालिबानको नियन्त्रणमा रहेको उनीहरुको तालीमकेन्द्र ध्वस्त पारिदिएको समाचार छ । 

त्यस केन्द्रमा राखिएका ३० वटा बम पनि निस्क्रिय बनाएको रक्षा मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । अफगान राष्ट्रिय सैनिकले बादख्शान प्रान्तको वार्डोज जिल्लामा तालिाबान लक्षित सो कारबाही गरेको हो । 

त्यसैगरी यस कारबाहीको क्रममा बारुदी सुरुङ्गलगायत कम्तीमा ३० वटा विस्फोटक पदार्थलाई निस्क्रिय बनाएको बताइएको छ । अफगान सुरक्षा अधिकारीहरुलाई तालिबान विरुद्धको कारबाहीमा केही महिनायता अमेरिकी र नेटोआवद्ध संयुक्त सेनाले स्थल र हवाई कारबाहीमा सहयोग गर्दै आएका छन् । 

सरकारी अधिकारी र सुरक्षाबललक्षित आक्रमण केही महिनायता बढेपछि अमेरिकी र नेटोआवद्ध संयुक्त सेनाले पुनः तालिबानमाथि कारबाही सुरु गरेका छन् । यसैबीच अफगानिस्तानको पार्वान प्रान्तको प्रान्तीय राजधानी चरिकारबाट करिब ५० किलोमिटर टाढा रहेको सियागुद जिल्लामा गरिएको सुरक्षा कारबाहीमा कम्तीमा १० सशस्त्र लडाकूको मृत्यु भएको छ । 

यस कारबाहीको विषयमा तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पाणी गरेका छैनन् । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

OFFLINE

 

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award