अन्तर्राष्ट्रिय

पर्यटकीयस्थलमा पहिरो जाँदा चारजनाको मृत्यु पर्यटकीयस्थलमा पहिरो जाँदा चारजनाको मृत्यु

जाकार्ता, २३ माघ,रासस÷सिन्ह्वा

इन्डोनेसियाको पश्चिमी प्रान्त जाभाको एक प्रख्यात पर्यटकीयस्थलमा गएको पहिरोमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । 

यस पहिरोमा परी अन्य दुईजना घाइते भएका राष्ट्रिय प्रकोप नियन्त्रण विभागले मङ्गलबार जानकारी दिएको छ । भारी बर्षापछि ‘पानचाक रिसोर्ट’को नजिकमा पहिरो गएको थियो । यस पर्यटकीय स्थलमा विदा मनाउनको लागि स्वदेश र विदेशका पर्यटकको भिड लाग्ने गर्दछ । 

सो क्षेत्रमा मङ्गलबार गएको पहिरोमा परी मारिएका व्यक्तिको पहिचान भने भएको छैन । मृत्यु हुनेमा विदेशी पर्यटक पनि हुनसक्ने अनुमान गरिएको यहाँको पर्यटन विभागले जानकारी दिएको छ । 

पहिरोपछि थप प्रकोपको सम्भावनायुक्त चेतावनी दिइएका कारण सयाँैको संख्याका सर्वसाधारण त्यहाँबाट भागेका प्रकोप नियन्त्रण निकायले जनाएको छ । इन्डोनेसियामा भारी वर्षा र त्यसपछि बारम्बार बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले सताउने गरेको पाइन्छ । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

OFFLINE

 

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award