- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
माले, २३ माघ ९रासस÷एएफपी
केही दिन यतादेखि व्यापक राजनीतिक विवाद सुरु भएको मालदिभ्स्मा मङ्गलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको समाचार छ ।
सर्वोच्च अदालतलाई मङ्गलबार बिहानैदेखि प्रहरीले घेरा हालेको छ भने प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अर्का एकजना न्यायाधीशलाई पनि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । मङ्गलबार बिहानको यो नाटकीय परिवर्तनसँगै यहाँको राजनीतिक संकट झनै गहिरिएको समाचारमा जनाइएको छ । गएको बिहीबारदेखि सुरु भएको राजनीतिक संकटका कारण यहाँ थप तनाव भएको बताइएको छ ।
मङ्गलबार बिहान प्राप्त समाचारअनुसार मालदिभ्स्का प्रधानन्यायाधीश अब्दुल्लाह सइदलाई उहाँको निवासबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको समाचारमा जनाइएको छ । आइतबार मालदिभ्स्को सरकारले यहाँको सेना र प्रहरीलाई सर्वोच्च अदालतको आदेशको पालना नगर्न निर्देशन जारी गरेको थियो । सो निर्देशनबमोजिम सोमबार दिउँसैदेखि यहाँको प्रहरी सक्रिय भएको थियो ।
मालदिभ्सको सर्वोच्च अदालतले गएको बिहीबारको फैसलामा यहाँको जेलमा रहेका सबै राजनीतिक बन्दीहरुलाई रिहागर्न आदेश दिएको थियो । उक्त फैसलाको कार्यान्वयन गर्दा मालदिभ्स्का पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई रिहा गर्नुपर्ने हुन्छ । तर यहाँको सरकार उनीहरुलाई रिहागर्ने पक्षमा नरहेकोले यहाँ सरकार र अदालतबीच विवाद उत्पन्न भएको हो ।
सोमबारै मध्यराति राष्ट्रपति अब्दुल्लाह यामिनले यहाँका पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुमलाई पनि पक्राउ गर्न आदेश दिनुभएको थियो । सोही आदेशबमोजिम नै पूर्व राष्ट्रपति गैयुमलाई मध्यरातमा उहाँको निवासबाट पक्राउ गरेर राजधानी माले पु¥याएको समाचारमा जनाइएको छ । उहाँ हाल प्रहरी हिरासतमा हुनुहुन्छ ।
उहाँले मालदिभ्स्मा ३० वर्षसम्म राष्ट्रपतिको रुपमा शासन गर्नुभएको थियो । सन् २००८ मा भएको पहिलो राष्ट्रपतीय प्रजातान्त्रिक निर्वाचनमा उहाँ पराजित हुनुभएको थियो । ‘मैले पक्राउ गर्नुपर्ने त्यस्तो कुनै काम गरेको छैन, तर सरकारले पक्राउ गरेर थुनामा राखेको देख्दा मलाई अचम्म लागेको छ’, उहाँले आफ्ना समर्थकहरुलाई दिनुभएको भिडियो सन्देशमा भन्नुभएको छ ।
पक्राउ पर्नुभएका पूर्व राष्ट्रपति गैयुम वर्तमान राष्ट्रपति यामिनका सौतेला दाजु हुनुहुन्छ । उहाँ मालदिभ्स्मा सबैभन्दा बढी शासन गर्ने राष्ट्रपति हुनुहुन्छ । अदालतको आदेश नमानेको भनेर यहाँको सर्वोच्च अदालतले सरकारको कदमको आलोचना गर्दै आएको थियो । उसले राष्ट्रपति अब्दुल्लाह यामिनलाई महाअभियोग लगाउन वा उहाँलाई पक्राउ गर्नुपर्ने आदेश दिनसक्ने अनुमान पनि सोमबार गरिएको थियो ।
त्यसैले त्यस अगावै सरकारले सोमबारै अपरान्हतिर संकटकालको घोषणा गरेको थियो । संकटकाल लगाएपछि सरकारले सेना र प्रहरीलाई अदालतको कुनै आदेश नसुन्न र आफ्नो निर्देशनमा कामगर्न सबै सुरक्षा अंगलाई आदेश दिएको छ । उता पूर्व राष्ट्रपति मोहम्मद नसिदका कार्यकर्ताहरुले उहाँलाई रिहा गर्नुपर्ने मागगर्दै मालदिभ्स्को राजधानी मालेमा बिहीबारदेखि नै व्यापक मात्रामा प्रदर्शन गर्र्दै आएका छन् ।
कैयौँ स्थानमा प्रहरीसँगको भिडन्तका कारण राजधानी मालेको अवस्था तनावपूर्ण बन्दै गएको बताइएको छ । दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । यहाँ बिहानैदेखि प्रदर्शनहरु हुने गरेका छन् । नसिद सन् २००८ मा भएकोे निर्वाचनमा मालदिभ्स्को राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । तर उहाँलाई सन् २०१२ को फेब्रुअरी महिनामा प्रहरी ‘कू’ मार्फत हटाइएको थियो ।
मङ्गलबार बिहान प्रधानन्यायाधीशलाई पक्राउ गर्नु अगावै सर्वोच्च अदातलमा प्रहरीले घेरा हालेको थियो । अहिले पनि अदालत बाहिर प्रहरीको निकै बाक्लो उपस्थिति रहेको बताइएको छ । संसदमा अझै पनि राष्ट्रपति यामिनलाई महाभियोग लगाउन मिल्नेगरी दुई तिहाई बहुमत विपक्षी दलहरुको रहेको छ । त्यसैले पनि राष्ट्रपतिले विपक्षी नेताहरुलाई पक्राउ गर्ने आदेश दिएको हुनसक्ने अनुमान सर्वत्र गरिएको छ ।
तर पनि यहाँका सुरक्षा अंगहरुलाई राष्ट्रपति यामिनलाई पक्राउ गर्ने या महाभियोग लगाउने कुनै प्रयासहरु भएमा त्यसमा संलग्नहरुलाई पक्राउ गर्न नै सरकारले आदेश दिएको छ ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





