अन्तर्राष्ट्रिय

उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहरायो उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहरायो

सोल, १८ माघ ९रासस÷एएफपी

निकै लामो समयपछि उत्तर कोरियाको झण्डा दक्षिण कोरियामा फहराइएको छ । 

दक्षिण कोरियामा हुन गइरहेको शीतकालीन ओलम्पिकको लागि दक्षिण कोरियामा बिहीबार उत्तर कोरियाको झण्डा फराइएको हो । सन् १९५० देखि १९५३ सम्म जारी दुई कोरियाबीचको द्वन्द्वबाट अलग भएका यी दुई देश अझैपनि प्राविधिकरुपमा युद्धमै छन् । 

तर यस खेलकूदका कारण भने अहिले उनीहरुबीच शान्ति सम्झौता नभए पनि आपसमा समझ्दारी बढिरहेको पाइएको छ । आगामी सोमबारबाट औपचारिकरुपमा शीतकालीन ओलम्पिक खेल सुरु हँुदैछ । त्यसका लागि आएका खेलाडी र अन्य सहभागीको स्वागत सुरु भएको छ । 

सोमबारबाट औपचारिकरुपमा खेलमा सहभागीको स्वागतको कार्यक्रमका लागि दक्षिण कोरियाली सैनिकलाई पनि परिचालन गरिने भएको बताइएको छ ।बिहीबार उत्तर कोरियाको झण्डा फहराइएको उक्त विशेष कार्यक्रममा दुवै देशका नागरिक, स्वयंसेवी र अन्य अधिकारीको सहभागिता रहेको थियो । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award