- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
संयुक्त राष्ट्रसंघ, १८ माघ ९रासस÷सिन्ह्वा
लामो समयको गृहयुद्धका कारण देश छोडेर भागेका सिरियाली शरणार्थी घर फर्किन चाहेको भए पनि उनीहरु फर्किनसक्ने सुरक्षित वातावरण बन्न नसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
सिरियाली शरणार्थी अधिकांश लिबिया र अरु कतिपय छिमेकी देशमा बसिरहेका र उनीहरु जतिसक्दो चाँडै घर फर्किन चाहेका राष्ट्रसंघका एकजना अधिकारीले भनेका छन् । तर ती शरणार्थीले घर फर्किएर सुरक्षाको अनुभूति गर्न पाउने अवस्था अझै नबनेको उनले जनाएका छन् । सिरियामै आन्तरिक रुपमा शरणार्थी भइरहेकाहरु पनि सुरक्षित वातावरण पाउन नसकेको उनको भनाई छ ।
संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोगका अधिकारी स्कट क्रेगले भनेका छन्– गत वर्ष मात्र पनि केही शरणार्थी सिरिया फर्किएका थिए तर उनीहरु पनि हाल सुरक्षित रहन सकेका छैनन् । त्यही आधारमा नै अझै सिरियाली शरणार्थीलाई स्वदेश फर्किने आधार बनेको छैन भन्ने हाम्रो निष्कर्ष हो– उनले बताएका छन् । उनले यसका लागि सरकार र विपक्षीहरुले नै विशेष पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
स्वदेश र विदेशमा ठूलो संख्यामा सिरियाली शरणार्थी बसेका छन् । यहाँ लामो समयदेखि जारी हिंसाका कारण चार लाखभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । हिंसा अझै रोकिएको छैन । यहाँ गृहयुद्ध जारी छ । जसले गर्दा यहाँका लाखौँ लाख नागरिक स्वदेश र विदेशमै शरणार्थीका रुपमा बाँच्नु परिरहेको अवस्था छ । उता सिरियाको सरकारी फौजले त्यहाँका विभिन्न स्थानमा विपक्षी विद्रोहीहरुका विरुद्ध हवाई आक्रमणहरू थालेपछि पछिल्लो समयमा विस्थापित हुनेहरुको सङ्ख्या झन बढेको छ ।
सिरियाली सरकारले गत डिसेम्बरयता यहाँको उत्तरी क्षेत्र हामा र दक्षिणी इड्लिबमा बढी आक्रमण गरेको बताइएको छ । जसका कारण यी क्षेत्रबाट मात्र साढे दुई लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन् । संयुक्त राष्ट्रसंघले जनाएअनुसार देशभित्रै आन्तरिक शरणार्थीका रुपमा बसिरहेकाहरु देशको उत्तरपश्चिमी क्षेत्रबाट अन्यत्र सरेका छन् । विस्थापितमध्ये धेरैजसो परिवारहरू अस्थायी पालमा बाँचिरहेका बताइएको छ ।
राष्ट्रसंघको शरणार्थीसम्बन्धी सहायता निकायले दक्षिणी इड्लिब र उत्तरी हामामा गत डिसेम्बर १५ यता भएको हवाई हमला र काबारहीका कारण २ लाख ७० हजारभन्दा बढी सिरियाली विस्थापित भएका छन् ।
युरोप हिँडेकाहरु भने स्वदेश फिर्ता
यसैबीच आप्रवासी शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय संगठन ९आइओएम० ले सन् २०१७ मा यूरोप तथा अमेरिक हिँडेका करिब २० हजार गैरकानूनी आप्रबासी शरणार्थीलाई आफ्नो देश फिर्ता गरिएको जनाएको छ ।
उक्त संस्थाले सन् २०१७ मा मात्र २० हजार जना गैरकानूनी आप्रबासी शरणार्थीलाई हवाई मार्गमार्फत सम्बन्धित देशको राजधानीमा फिर्ता पठाइएको जनाएको हो ।
आइओएमले स्वयंसेवी विभाग ‘भोलुन्टरी रिटर्न प्रोग्राम’ नै राखेर यसरी गैरकानुनी रुपमा विदेश हिँडेका आप्रवासीलाई स्वदेश फर्काइएको जानकारी हालैमात्र एक विज्ञप्ति प्रकाशन गरेर दिएको थियो ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





