- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
वासिङ्टन, १७ माघ,रासस÷एएफपी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताउनुभएको छ ।
मङ्गलबार देशवासीका नाममा सम्बोधनगर्दै उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो– उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त गैरजिम्मेवार ढङ्गले आणविक क्षेप्यास्त्र बनाइरहेको बताएको छ, यसले अमेरिकाको कुनै भू–भागलाई लक्ष्य बनाउन पनि सक्छ ।
उहाँले आफूले अर्थात अमेरिकाले र लगभग विश्वले नै उत्तर कोरियाको यो शस्त्रको होड रोक्नका लागि आजका मितिसम्म निकै ठूलो प्रयत्न गरिरहेको पनि बताउनुभयो । उहाँले सो सम्बोधनका क्रममा भन्नुभयो– हामीले सम्भावित सो त्रास हटाउन र सम्भवत यस्तो हतियारको होडबाट कुनै पनि घटना हुन नदिन प्रयत्न गरिरहेका छौँ, तर उत्तर कोरियाले कसैको कुरा सुनेको जस्तो लागेको छैन जुन उसको मुर्खता मात्र हो ।
राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा रुस र चीनलाई पनि उनीहरुले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यताहरुलाई चुनौती दिइरहेको आरोप लगाउनुभयो । उहाँले उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउनका लागि अमेरिकाले पहल गरिरहेको जानकारी दिनभयो । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीले उत्तर कोरियाली नेतालाई वार्ताको टेबलमा ल्याउन अनेक प्रयासहरु जारी राखेको खुलासा पनि उहाँले गर्नुभयो ।
उत्तर र दक्षिण कोरियाबीच हालै भएको द्विपक्षीय वार्तापछि वातावरणमा केही सहजता आएको भए पनि उत्तर कोरिया वार्ताका लागि पूरै तयार भने भइ नसकेको पनि उहाँले बताउनुभयो । यही जनवरी ९ मा उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि पहिलो पटक मन्त्रीस्तरको उच्चस्तरमा वार्ता भएको छ । करिब दुई वर्षपछि भएको यस भेटवार्तालई दुई कोरियाको सम्बन्ध सुधारका रुपमा विश्वमा नै प्रचार गरिएको छ ।
यस वार्तालाई अमेरिकाले पनि निकै नजिकबाट हेरेको जनाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले सो वार्ताको स्वागत गर्नुभएको थियो । उहाँले उत्तर कोरियासँग वार्तामा बस्न अमेरिका तयार रहेको सोही समयमा सार्वजनिक गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले आवश्यक परेमा आफूले उत्तर कोरियाली नेतासँग पनि वार्तागर्ने धारणा पनि त्यसै समयमा सार्वजनिक गर्नुभएको समाचारमा आएको थियो ।
उहाँले दुई कोरियाली वार्ताका कारण पछिल्लो समयमा विकसित परिस्थितिबाटै अघि बढ्न र कोरियाली प्रायद्धीपमा जारी अशान्तिको अवस्थाको अन्त्य गर्न पनि दुबै कोरियाली नेतृत्वसँग आग्रह गर्नुभएको थियो । अर्को महिना दक्षिण कोरियामा आयोजना हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिता र उक्त खेलको तयारीको बारेमा आवश्यक छलफलका लागि उत्तर र दक्षिणका बैठकहरु कोरियामा बसिरहेका छन् ।
शरणार्थीका लागि समन्वय गर्न आग्रह
यसैबीच अमेरिकी प्रशासनले विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएकोमा त्यस विषयमा समन्वयात्मक रुपमा मिलेर अघि बढ्न पनि राष्ट्रपति ट्रम्पले आग्रह गर्नुभएको छ ।
अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको जानकारी गराएका छन् । यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका उनीहरुलाई अब अमेरिका प्रवेशमा रोक लगाइने छैन ।
ती ११ देशका नागरिकहरुले अब अमेरिका प्रवेश गर्न पाउने र उनीहरुले सुरक्षासम्बन्धी नयाँ व्यवस्थाको सामना गर्नुपर्ने नियम सार्वजनिक गरेको भोलिपल्टै राष्ट्रपति ट्रम्पले यस विषयमा कामकगर्ने अमेरिकी र सबैलाई मिलेर अघि बढ्न भनेको जानकारी पनि दिनुभएको छ ।
यसरी प्रतिबन्ध हटाइएका देशहरुमा इजिप्ट, इरान, लिबिया, माली, उत्तर कोरिया, सोमालिया, दक्षिणी सुडान, सिरिया र यमन रहेका छन् ।
आइएस नहार्दासम्म लडाईं जारी
यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट ९आइएस० नामको आतङ्ककारी समूहलाई पूर्ण रुपमा पराजित नगर्दासम्म उसका विरुद्धको अमेरिकी लडाईं जारी नै रहने पनि सो सम्बोधनका क्रममा बताउनुभएको छ ।
गर्नुपर्ने काम अझै धेरै छ, हामीले आइएसका विरुद्धमा लडाईं जारी नै राख्ने छौँ र यो लडाईं उनीहरु पूर्ण रुपमा नहार्दासम्म जारी नै रहनेछ– उहाँले भन्नुभयो ।
उनीहरुलाई हामीले आवश्यक परेको स्थानमा खोज्ने छौँ, लखेट्ने छौँ र हराएरै छोड्ने छौँ– राष्ट्रपति ट्रम्पले उक्त सम्बोधनका क्रममा भन्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





