- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
वासिङ्टन, १६ माघ ९रासस÷सिन्ह्वा
अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ ।
अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको जानकारी गराएका छन् । उनीहरुकाअनुसार अमेरिका प्रवेश गर्न चाहनेहरूले अब नयाँ सुरक्षा व्यवस्थाको सामना भने गर्नुपर्ने छ । त्यो सुरक्षा व्यवस्था कस्तो हो भन्ने बारेमा केही बताइएको छैन । तर ती ११ देशका नागरिकहरुले अब अमेरिका प्रवेश गर्न पाउने र उनीहरुले सुरक्षासम्बन्धी नयाँ व्यवस्थाको सामना गर्नुपर्ने नियम रहेको अधिकारीहरूको भनाई छ ।
यसरी प्रतिबन्ध हटाइएका देशहरुमा इजिप्ट, इरान, लिबिया, माली, उत्तर कोरिया, सोमालिया, दक्षिणी सुडान, सिरिया र यमन रहेका छन् । शरणार्थीसम्बन्धी समूहहरूका अनुसार बिगतदेखि प्रतिबन्ध झेल्दै आएका यी देशमाथि अबदेखि अमेरिका प्रवेशमा रोक लगाइने छैन । अमेरिकी अधिकारीहरुका अनुसार तीन वर्षयता अमेरिका प्रवेश गर्नेमध्ये ४० प्रतिशतभन्दा बढी शरणार्थी यीनै ११ देशबाट आएको बताइएको छ ।
अमेरिकाको आन्तरिक सुरक्षा मामिलासम्बन्धी निकायले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा ती देशले अब अघिजस्तो प्रतिबन्धको सामना गर्नु नपर्ने तर पनि अमेरिका प्रवेशका क्रममा कडा सुरक्षाको सामना गर्नुपर्ने बताएको छ । यी देशका शरणार्थीलाई अमेरिका प्रवेशका लागि के कसरी व्यवस्था गर्ने भन्ने बारेमा गएको करिब तीन महिनादेखि आन्तरिक रुपमा मूल्याङ्कन सुरु भएको थियो ।
शरणार्थीसम्बन्धी ह्वाइट हाउसको एक समितिले गरेको तीन महिना लामो मूल्याङ्कनपछि सोमबार यो निर्णयमा पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । आन्तरिक सुरक्षा मामिलासम्बन्धी मन्त्री क्रिस्चन निल्सनले पनि ती देशका नगरिकलाई शरणार्थीको मान्यता दिनुअघि आवश्यक मात्रामा सुरक्षा जोखिमको जाँच गरिने जानकारी दिनुभयो ।
अमेरिकी प्रशासनले सन् २०१७ को अक्टोबरमा विभिन्न दश वटा मुस्लिम बाहुल्यता रहेका देश र उत्तर कोरियाबाट शरणार्थी स्वीकार नगर्ने बताएको थियो । वासिङ्टनमा एक कार्यक्रममा सोमबार मन्त्री निल्सनले भन्नुभयो– आफ्नो देशमा को प्रवेश गर्दैछ भन्ने बारेमा अमेरिकाले थाहा पाउन पाउनुपर्ने हाम्रो आफ्नो अधिकारको कुरा हो र त्यसै कारणले पनि हामीले यो सुरक्षामा कडाई गरेका हौँ ।
ती अतिरिक्त सुरक्षा व्यवस्थाहरुले खराब तत्वलाई अमेरिकाको शरणार्थी कार्यक्रमको दुरूपयोग गर्न गाह्रो हुने मूल्याङ्कन अमेरिकी प्रशासनको रहेको बताइएको छ । यसरी शरणार्थीहरुको प्रवेश अगावै गरिने जाँचका साथै जोखिमका आधारमा अमेरिकाले अवलम्बन गर्ने नीतिले देशको सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्ने धारणा मन्त्री क्रिश्चिनले राख्नुभयो ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





