अन्तर्राष्ट्रिय

सुडानमा युद्धविरामको तयारी, अर्को महिना वार्ता हुने सुडानमा युद्धविरामको तयारी, अर्को महिना वार्ता हुने
खार्तुम, १५ माघ रासस
सुडानको विद्रोही समूहसँग शान्तिवार्ताको तयारी भएको र यसका लागि युद्धविराम हुने भएको समाचार छ । 
 
सुडान पिपुल्स लिबरेसन्स मुभमेन्ट नामक सो विद्रोही समूह र सरकारबीच सोमबार युद्धविरामका लागि तयारी भएको समाचारमा जनाइएको छ । 
 
प्राप्त समाचारअनुसार युद्धविरामका लागि तयारी जारी रहेको छ र सरकारी वार्ता समिति र विद्रोही वार्ताटोलीबीच आगामी फेब्रुअरी महिनामा वार्ता हुने जनाइएको छ । 
 
आगामी शुक्रबारसम्ममा युद्धविरामको घोषणा हुनेछ र अर्को महिनाको मध्यतिर वार्ता हुने कार्यक्रम बनाइएको छ– एकजना सरकारी अधिकारीले भने । 
 
उनका अनुसार शान्ति वार्ता भने इथियोपियाको राजधानी आदिस अबाबामा हुनेछ । 
 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award