- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अन्तर्राष्ट्रिय
एडेनमा विद्रोहीद्वारा सरकारी भवन कब्जा
यमन, १५ माघ, रासस
यमनको बन्दरगाह सहर एडेनमा दक्षिणी यमनका पृथकतावादीहरूले एडेन सहरका सरकारी भवनहरू पनि कब्जा गरेको पछिल्लो समाचार प्राप्त भएको छ ।
यहाँको सरकारी फौजसँग उनीहरुले व्यापक रुपमा झडप गरिरहेका छन् । आइतबार राति नै उनीहरूले ती भवनहरू कब्जा गरेका समाचारमा जनाइएको छ ।
सरकारी सेना र दक्षिणी सङ्क्रमणकालीन परिषद् सम्बद्ध शक्तिबीच आइतबार ब्यापक मात्रामा झडप भएको थियो ।
त्यसमा परी दुवैपक्षका गरी कैयौँ नागरिकको मृत्यु भएको छ । तर मृत्यु हुनेको सङ्ख्या के कति हो भन्ने बारेमा भने केही बताइएको छैन ।
वर्तमान यमनी सरकारले साउदी अरबको समर्थन प्राप्त गरेको छ । एडेनमा रहेको सहयोगी समूह र विद्रोहीबीच भएका झडपमा आम सर्वसाधारणले भने दुःख पाएका बताइएको छ ।
प्रधानमन्त्री अहमद बिन डागरले एडेनमा पृथकतावादीहरूले सत्ता हातमा लिन खोजेको बताउनुभएको छ । उहाँका अनुसार पृथकतावादीहरुले सरकारी भवन कब्जा गर्नुका साथै सर्वसाधारणलाई ढाल बनाउन खोजेको पनि आरोप लगाउनुभएको छ ।
हादी सरकारको अस्थायी आधार क्षेत्रको रूपमा बन्दरगाह सहर एडेन रहेको छ । हुथी विद्रोहीहरूले राजधानी सानामा पनि नियन्त्रण कायम गरेका समाचार यसअघि नै आएको थियो ।
वर्तमान यमन देश सन् १९९० मा बनेको हो । त्यस समयमा उत्तरी र दक्षिणी यमन मिलेर वर्तमान यमन बनेको हो । तर पृथकतावादीहरूले दक्षिणी यमनलाई स्वतन्त्र होस् भन्ने चाहेका बताइन्छ ।
यमनको बन्दरगाह सहर एडेनमा भएको यो पछिल्लो हिंसाले उक्त नगरमा यसअघि देखि नै कायम रहेको पाइएको खराब मानवीय अवस्थामा पुनः ह्रास आएको छ ।
उक्त नगरमा विद्रोहीले ‘शान्तिपूर्ण प्रदर्शन’ आह्वान गरेको गरेको थियो । तर सरकारले भने त्यसमा रोक लगाउन कडा निर्देशन दिएको थियो ।
उक्त निर्देशन पालना नगरेपछि साउदी अरब गठबन्धन अन्तर्गतको सरकारी सेना र विद्रोहीबीच सुरुमा उक्त क्षेत्रमा झडप भएका हो ।
झडपबाट सुरु भएको विद्रोहीहरुको हिंसा घण्टौँ लामो समयसम्म शसस्त्र कारबाहीपछि सैन्य शिवीरलाई नै विद्रोही लडाकूले कब्जा गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुबै पक्षका सयौँ सेना उपचारका लागि अस्पताल पु¥याइएको अस्पताल स्रोतले जनाएको छ । साउदी नेतृत्वको सेनाले घटनास्थलमाथि हवाई सेनालाई पठाएको तर सेनाले हवाई आक्रमण भने नगरेको स्थानीयले बताएका छन् ।
यस दक्षिणी बन्दरगाह सहरलाई सन् २०१५ देखि यमनको अस्थायी राजधानीका रूपमा यमन सरकारले सञ्चालन गर्दै आएको स्थान हो ।
दक्षिण यमन स्वतन्त्र होस् भन्ने चाहने पृथकतावादी र साउदी समर्थित सरकारका फौजहरू बीचको उक्त लडाईंमा एडेनमा कम्तीमा पनि १० जना मारिएका छन् भने अन्य कैयौँ घाइते भएका छन् ।
सोमबार बिहानबाट भने सरकार र पृथकतावादी नेतृत्वले आफ्ना फौजहरूलाई झडप रोक्न आदेश दिएका छन् । त्यसयता भने हिंसा कम भएका खबरहरू आएका छन् ।
Post Comment
More अन्तर्राष्ट्रिय
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप
- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा
- सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति
- भारतको छत्तिसगढ राज्यमा २३ विद्रोहीद्धारा आत्मसमर्पण
- उत्तर कोरिया र चिनिया नेताबीच भेटवार्ता
- चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी
- सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
- चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार
- सिरियाको गुटामा विद्रोहीद्वारा आत्मसमर्पण
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





