अन्तर्राष्ट्रिय

चिनियाँ जापानी विदेशमन्त्री भेटवार्ता चिनियाँ जापानी विदेशमन्त्री भेटवार्ता

बेइजिङ, १४ माघ ९रासस÷एएफपी

चीन र जापानका विदेशमन्त्रीबीच आइतबार बेइजिङमा भेटवार्ता भएको समाचार छ । 

उहाँहरुबीच चीन जापान द्विपक्षीय सम्बन्धका साथै आपसी हितको प्रवर्धन र पछिल्लो समयमा यी दुई देशबीच बढ्दो सीमा विवादका कारण उत्पन्न परिस्थितिको समाधानका विषयमा केन्द्रित भएको बताइएको छ । 

हाल जापानी विदेशमन्त्री तारो कोनो चीनको भ्रमणमा रहनुभएको छ । उहाँसँग चिनियाँ विदेशमन्त्री वाङ यिले आइतबार भेटवार्ता गर्नुभएको हो । त्यस अवसरमा हालैका दिनमा उत्तर र दक्षिण कोरियाबीच बढ्दो तनाव र आणविक शस्त्रको होडका कारण उत्पन्न परिस्थितिका बारेमा पनि कुराकानी भएको बताइएको छ । 

यी दुई कोरियाको बीचमा पछिल्लो समयमा आगामी महिना हुन लागेको शीतकालीन ओलम्पिक खेलका कारण सम्बन्धमा केही सुधार आएकोले यस समयमा उक्त सम्बन्धलाई थप सुदृढ गर्नका लागि आवश्यक कदम चाल्नुपर्नेमा चीन र जापानले के कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने बारेमा पनि कुराकानी भएको प्राप्त एक समाचारमा जनाइएको छ । 

उत्तर र दक्षिण कोरियाका साथै अन्य क्षेत्रीय मुद्दा र विश्व राजनीतिका बारेमा पनि उहाँहरुबीच छलफल भएको बताइएको छ । विश्वको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्रका बीचमा भएको यो द्विपक्षीय भेटवार्तालाई महत्वका साथ हेरिएको छ । 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

BBC Nepali Sewa

Started at: 20:45 HRS

Up Next

Swasthya Charcha

Starts at: 21:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award