अन्तर्राष्ट्रिय

दक्षिणी फिलिपिन्समा पाँच विद्रोही र एक सैनिकको मृत्यु दक्षिणी फिलिपिन्समा पाँच विद्रोही र एक सैनिकको मृत्यु

मनिला, २४ पुस ९रासस÷एएफपी

दक्षिणी फिलिपिन्समा हवाई र स्थलमार्गबाट भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पाँच मुस्लिम विद्रोहीको मृत्यु भएको छ । सधँैजसो अशान्त भइरहने सो क्षेत्रमा इस्लामिक स्टेट्सका आतङ्ककारीसँग आबद्ध मुस्लिम विद्रोही मारिएका छन् । सोही कारबाहीका क्रममा एक सैनिकको पनि मृत्यु भएको बताइएको छ । 

गत शनिबार मिन्दानाओ द्वीपमा करिब ५० जनाको समूहमा आएका आतङ्ककारीहरूले पाँच घण्टासम्म आक्रमण गरेका र त्यसको जवाफी कारबाहीमा पाँच आइएस आतङ्ककारी मारिएका हुन् । यस क्रममा एक सैनिक अधिकारीले पनि ज्यान गुमाएको क्षेत्रीय सैनिक प्रवक्ता एर्भिन इन्सिनास्ले बताउनुभएको छ । 

एक सैनिक र इस्लामिक स्टेट्स आतङ्ककारी समूहसँग आबद्ध बाङ्गसामोरा इस्लामिक फ्रिडमका पाँचजना लडाकू मारिएका समाचारमा जनाइएको छ । मुस्लिम समुदायको बलियो प्रभाव रहेको यस द्वीपमा दशकौँदेखि जारी हत्या हिंसामा एक लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । 

 

Post Comment

More अन्तर्राष्ट्रिय

Onair Now Onair Now

Feed Back

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award